| मङ्लबार, कार्तिक २४, २०८३

जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

विपदमा परी ज्यान गुमाएकाहरुको परिवारलाई राहत वितरण गरिएको छ । आईतबार जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर विभिन्न निर्णयहरु गरेको हो । मनसुनका कारण ज्यान गुमाएकाहरुलाई समितिले २ लाख ५० हजारका दरले नगद सहयोग गरेको हो ।

समितिले असोज २६ गते झयाप्ले खोला पहिरोमा परी मृत्यु भएका भिमसेनथापा गाउँपालिका–४ का मदन परियार, गण्डकी गाउँपालिका–४ का नवराज तिवारी र सहिदलखन गाउँपालिका–६ को विपदमा परी मृत्यु भएकी बाल कुमारी श्रेष्ठलाई नगद सहयोग गरेको हो ।

अन्यको हकमा भने आवश्यक कागजात पुरा नभएकाले काम रोकिएको उल्लेख छ । प्रक्रिया पूरा गरेर छिटै काम सम्पन्न गर्ने तयारी भईरहेको समितिले जनाएको छ । यस्तै, बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको सडक तथा पुल मर्मत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा, पालिकाहरुको प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न राजनीतिक दल, पत्रकार लगायतको उपस्थीतिमा बैठक सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्