| मङ्लबार, कार्तिक २४, २०८३

चाडबाड लक्षित यात्रु सहायता कक्ष सञ्चालन

दशैँ, तिहार र छठजस्ता महान चाडको बेलामा शान्ति सुरक्षा तथा सवारी सुरक्षालाई व्यवस्थित गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय गोरखाले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।

यातायात व्यवसायीहरुसंग समन्वय गरी चाड पर्वको अवधिमा जिल्लाभित्र आउने र बाहिरिने यात्रुहरुको सुविधा र सहजीकरण गर्न बिहिबार हरमटारीचोक र बाह्रकिलो चोकमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो । प्रहरी प्रमुख एसपी बासुदेव पाठकले यात्रु सहायता कक्षको उद्घाटन गरेका हुन् ।

यात्रु सहायता कक्षले चाडबाडको मौका छोपी यात्रु ठग्ने घटनालाई नियन्त्रण गर्ने एसपी पाठकले बताए । साथै अलपत्र परेका यात्रुलाई सहजीकरण गरी गन्तव्य पु¥याउने, चोरी तथा झैझगडाका घटना हुनबाट बचाउने एसपी पाठकले बताए । यो अवधिमा कसैलाई कुनै पनि खालको समस्या परेमा जिल्ला प्रहरी कार्यालय वा सहायता कक्षमा सम्पर्क गर्न प्रहरीको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्