| मङ्लबार, कार्तिक २४, २०८३

रोट्रयाक्ट क्लबको पदस्थापन कार्यक्रम सम्पन्न

रोट्रयाक्ट क्लब अफ गोरखाको पदस्थापन कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच बर्ष २०२३/२४ का अध्यक्ष सुस्मिता लौडारीले बर्ष २०२४/२५ का अध्यक्ष संजोग तिमिल्सिनालाई पद हस्तान्तरण गरेकी छन् ।

त्यस्तै बर्ष २०२४/२५ का उपाध्यक्ष सरोज मास्के, सोम श्रेष्ठ, इन्सान अम्गाई र अविन श्रेष्ठ, सचिव सौनक घिमिरे, सहसचिव तृप्ती थापा मगर, कोषाध्यक्ष युनिक अर्याल र सहकोषाध्यक्ष बबिता श्रेष्ठको पनि पदस्थापन भएको छ । क्लबका कम्युनिटी सर्भिस डाइरेक्टरमा इन्सान अम्गाई, क्लब सर्भिस डाइरेक्टरमा सन्दिपबाबु खत्री, प्रोफेशनल सर्भिसमा सृजना ढकाल र इन्टरनेशनल सर्भिसमा सोम श्रेष्ठ चयन भएका छन् ।

गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा रोटरी क्लब अफ गोरखाका अध्यक्ष बिनोदकुमार बस्नेत, जोन १८ का एसिस्टेन्ट गभर्नर बिशाल राना मगर, रोटरी क्लब अफ बज्र मनास्लुका अध्यक्ष सुमेन्द्र श्रेष्ठ, रोट्रयाक्ट क्लब अफ भानुका अध्यक्ष सकिना खातुन, रोट्रयाक्ट क्लब अफ गोरखा जोन १५ का जेडआरआर रोशन खतिवडा, गोरखा जेसिजका कार्यकारी उपाध्यक्ष राजेश श्रेष्ठ, पत्रकार महासंघ गोरखाका कार्यवहाक अध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्