
जबरजस्ती करणी आरोपमा पक्राउ परेका दिपेन्द्र कारागार चलान
जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका रौतहट, घर भई हाल हेटौडा उपमहा नगरपालिका ४, मकवानपुर बस्ने दिपेन्द्र दास तत्मालाई कारागार चलान गरिएको छ ।
२१ वर्षीय तत्मालाई अदालतको आदेश अनुसार शुक्रबार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ११ वर्षीय नाबालिकालाई गत साउन १ गते गोरखा सदरमुकाम ल्याई बलजफ्ती जबरजस्ती करणी गरेको आरोपमा दास पक्राउ परेका थिए ।
उनलाई साउन २१ गते पक्राउ गरी पीडितको आफन्त मार्फत जाहेरी दरखास्तसहित साउन २२ गते जिल्ला प्रहरी कार्यलय गोरखामा पठाइएको थियो ।
उनी बिरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको थियो ।




