| सोमवार, कार्तिक २३, २०८३

भाडा समायोजन गर्नुपर्छ

यसैपनि देशको जनसंख्या घट्दो छ । भएको जनसंख्या पनि बसाइँसराइले विशेषगरी ठाउँबस्ती रित्तिने क्रममा छ ।
देशका युवाहरु क्रमशः विदेशिएका छन् । विदेशमा अलिअलि कमाइधमाइ हुन थालेपछि उनीहरुले आफ्ना परिबारलाई सहरतिर स्थानान्तरण गरिरहेका छन् । यसरी ग्रामीण भेगबाट सहरतिर, सहरबाट पनि राजधानीतिर अनि राजधानीबाट अमेरिका, यूरोप, अस्ट्रेलियातिर बसाइँसराई भएर के गाउँ, के स हर रित्तिदै गएको छ । यो अबस्था कुनै एक नभएर नेपालका जुनसुकै ठाउँको साझा अबस्था हो ।
उपभोक्ता नै कम भएको यस्तो अबस्थामा व्यापार, बिजनेस उँधोलाग्नु अस्वभाविक भएन ।
यहाँ व्यापार, विजनेसलाई जोड दिन खोजिएको होइन । बसाइँसराई तथा विदेशिने लहरले गर्दा उत्पन्न भएको साझा समस्याको चर्चा मात्र गरिएको हो । अहिले सहरका पसलहरु बन्द भएका छन् । घरवालाहरुले सटर भाडामा लिने व्यवसायी नपाएर धेरै सटरहरु बन्द अबस्थामा देखिन्छन् ।
यातायात क्षेत्रको अबस्था पनि उस्तै छ । यातायात व्यवसाय गर्ने भनेर धेरै व्यवसायीले गाडीमा लगानी गरेका छन्, तर जनसंख्या घटेपछि यात्रुको संख्या स्वतः घट्ने भइहाल्यो । त्यसमाथि पनि नीजि सवारी साधनको प्रयोग पनि दिनानुदिन बढिरहेको छ ।
यो मार खेपिरहेका यातायात व्यवसायीमाथि एउटा आरोप खेप्नु पर्ने अबस्था छ । पेट्रोल, डिजेलजस्ता इन्धनका साँटो विद्युतबाट चल्ने इलोक्ट्रेनिक भेइकल(ईभी) प्रयोग हुन थालेका छन् । सरकारले पनि वातावरणमैत्री सवारीका लागि ईभी खरिद गर्न प्रोत्साहन गरिरहेको छ । विभिन्न सहुलियतहरु दिइरहेको छ । विद्युतबाट चार्ज गरेर गाडी चलाउने भएपछि पेट्रोल, डिजेल खर्च नहुने भयो । यसले गर्दा लागत पनि भारीमात्रमा कटौती हुन्छ । तर यसको लाभ सर्वसाधारण यात्रुले नपाइरहेको अबस्था छ ।
वातावरण पनि जोगिने, मुद्रा विदेशिने क्रम पनि न्यूनिकरण हुने, कम भाडा दरमा सेवा दिन पनि सकिने भएकाले सरकारले पनि त्यस्तो व्यवसायीलाई धेरै सहुलियत र प्रोत्साहन गरिरहेको छ । त्यसो भए सर्वसाधारण यात्रुले पनि लाभ किन नपाउने त ?
त्यसैले नियमक निकायले ईभीका यात्रुका लागि भाडा समायोजन गर्नुपर्छ भन्ने जनआवाज उठेको छ ।

प्रतिक्रिया दिनुहोस्