| मङ्लबार, कार्तिक २४, २०८३

छोप्राकको राधाकृष्ण मन्दिर उद्घाटन

कृष्ण जन्मअष्टमीको अवसर पारेर सिरानचोक गाउँपालिका वडा नं ५ छोप्राकमा नवनिर्मित राधाकृष्ण मन्दिरको उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमवार एक कार्यक्रमकाबीच मन्दिर उद्घाटन गरेका हुन् । गाउँका बृद्धबृद्धाहरुको चाहाना अनुसार राधाकृष्ण मन्दिर निर्माण गरिएको नेपाली काङ्ग्रेस सिरानचोक गाउँपालिका–५ का सभापति विष्णु पोखरेलले बताए ।

‘आज (सोमबार) कृष्ण जन्मअष्टमीको अवसर पारेर मुख्यमन्त्रीको हातबाट मन्दिर उद्घाटन गराएका हौ ।’ पालिकाको १० लाख बजेट तथा स्थानीयको श्रमदानबाट मन्दिरको निर्माण कार्य सम्पन्न गरिएको उनले बताए । उनका अनुसार मन्दिर निर्माणका लागि आवश्यक जग्गा स्थानीयले उपलब्ध गरएको हुन् ।

गाउँको टोल बिकास समिति अध्यक्ष शिवचन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न मन्दिर उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे, सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, प्रमुख जिल्ला अधिधकारी भोला दाहाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्