
घरभित्र पसेको चितुवाको बच्चाको उद्धार
आरुघाट गाउँपालिका–७ चुरुङ स्थित मनबहादुर बरामको घरमा भेटिएको चितुवाको बच्चाको उद्धार गरिएको छ ।
एक बर्ष नपुगेको उक्त चितुवाको बच्चालाई शनिवार उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
‘घरभित्र पसेपछि हामीलाई खवर आयो,’ कार्यालयका सूचना अधिकारी महेश पौडेलले भने, ‘सब डिभिजन वन कार्यालय घ्याम्पेशालको टोली गएर उद्धार गरेर ल्यायो ।’
उद्धार गरेर ल्याइएको उक्त चितुवाको बच्चालाई आइतवार गोरखा नगरपालिकाको उपयुक्त वासस्थानमा छाडिएको उनले जानकारी दिए ।




