
इन्स्टिच्यूटको बेथिति रोक्न इमेजको योगदान
सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी विधेयक(टिआरसी) संसदबाट अनुमोदन गर्दै राप्रपा अध्यक्ष एवं सांसद राजेन्द्र लिंदेनले शान्ति प्रक्रिया पूरा गर्न र गणतन्त्र स्थापनामा राजा ज्ञानेन्द्रको योगदानको चर्चा गरे । गणतन्त्र स्थापना हुन नदिन राजा ज्ञानेन्द्रले बंगलादेशमाझै चरम दमन गर्न सक्थे, गरेनन् ।
आफ्नै अस्तित्वको वारपार लडाइँमा चरम रक्तपात मच्चाउने सक्थे, तर त्यो चेष्टा पनि गरेनन् । सरक्क नारायणहिटी छाडेर गणतन्त्रको ढोका खोलिएको विषयमा अध्यक्ष लिंङ्देनको यो वाणी महत्वपूर्ण थियो । लिङ्देनको मात्र होइन, यो विश्लेषण विभिन्न थिङ्कट्याङ्कहरुबाट सुनिदै आएको थियो । फरक यत्ति हो, उनले सदनमा बोले, अरुले कोठे कार्यक्रमहरुमा ।
गोरखामा जापानिज भाषा तथा अन्य मुलुकको भाषा पढाउने तथा वैदेशिक रोजगारीमा जाने प्रक्रियासम्बन्धी काम गर्ने विभिन्न इन्स्टिच्यूटहरु छन् । उनीहरुले कसरी काम गरिरहेका छन् भन्ने बारेमा खासै सर्वसाधारणको चासोको विषय थिएन । तर जब इमेजले विद्यार्थीहरुको सक्कली डकुमेण्टहरु राख्ने गरेको, सो सक्कली डकुमेण्ट फिर्ता गर्नुपर्ने २० हजार रुपैयाँ जरिबाना तिर्नुपरेको बारे समाचार बाहिर आयो, तब सर्वसाधारणको, सरोकारवाला निकायको साथै प्रहरी प्रशासनको नजर पनि त्यसतर्फ पुग्यो ।
परिणामस्वरुप प्रशासनले सबै इन्स्टिच्यूटहरुलाई बैठकमा बोलायो र विधि र प्रक्रिया अनुसार चल्न आग्रह ग¥यो । राज्यमा विद्यमान ऐन, कानूनको परिपालना गर्न निर्देशन ग¥यो । अवज्ञा गरे कारबाहीको भागिदार हुनुपर्ने भन्दै सचेत गरायो ।
यो अबस्थामासम्म ल्याइपु¥याउन इमेज इन्स्टिच्यूटको भूमिका महत्वपूर्ण छ । यदि इमेजमा यो घटना नघटेको भए भित्रभित्र विभिन्न खालका बेथितिहरु चलिरहन्थे, बाहिर आउँदैनथे । त्यसैले इन्स्टिच्यूटमा हुने बेथिति न्यूनिकरण वा अन्त्यका लागि इमेज इन्स्टिच्यूट धन्यवादको पात्र छ ।




