
उवासंघद्धारा वृक्षारोपण
गैरीकुँवादेखि गोरखा दरवारजाने सडकको दाया वाया वृक्षारोपण गरिएको छ । गोरखा उद्योग वाणिज्य संघले शनिवार सो क्षेत्रका वृक्षारोपण गरेको हो ।
अमला, तेजपत्ता लगायतका करिव ६० भन्दा बढी बिरुवा रोपिएको संघका कार्यकारी सचिव दिपेन्द्र श्रेष्ठले बताए । ‘विगत दुई बर्षदेखि सो क्षेत्रमा संघले वृक्षारोपण गर्दै आएको छ,’ उनले भने, ‘त्यही कार्यक्रमलाई निरन्तरता दिदैँ आज पनि वृक्षारोपण गरेका हौ ।’
रोपिएकामध्ये ३० वटा विरुवामा जाली सहितको घेरावार समेत लगाइएको उनले जानकारी दिए । कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, संघका पदाधिकारी, महिला उद्यमी, टोल बिकास संस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको बताइएको छ ।




