| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा जेसिजद्धारा ‘वाटर डिस्पेन्सर’ वितरण

गोरखा जेसीजले आफ्नो ४३ औँ स्थापना दिवसको अवसर पारेर ‘वाटर डिस्पेन्सर’ वितरण गरेको छ । गोरखा नगरपालिका–१० टक्सार स्थित मनकामना बहिरा माध्यमिक बिद्यालयलाई १ थान ‘वाटर डिस्पेन्सर’ वितरण गरिएको गोरखा जेसीज वर्ष २०२४ का अध्यक्ष अश्विन ढुंगानाले बताए ।

बहिरा विद्यार्थीहरुलाई सहज रुपमा चिसो–तातो पानी उपलब्ध गराउन उक्त उपकरण वितरण गरिएको उनले जानकारी दिए । जेसिजका अध्यक्ष ढुंगानाको अध्यक्षता तथा वर्ष २०१९ का अध्यक्ष राजीब अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्