| मङ्लबार, कार्तिक २४, २०८३

भीमसेन थापाका नगर प्रहरीलाई आधारभूत तालिम

भीमसेन थापा गाउँपालिकाले छनोट गरेको नगर प्रहरीको आधारभूत तालिम सम्पन्न भएको छ । गत असार १७ गतेबाट सुरु भएको तालिम साउन ३१ गते सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा पालिकाले बिभिन्न पदमा आठ जना नगर प्रहरी छनोट गरेको थियो ।

कार्यालयकै समन्वयमा उनीहरुलाई तालिम दिइएको हो । नगर प्रहरीले घाटहरुमा भइरहेको अवैध उत्खनन् र चोरी निकासी रोकथाम गर्ने, बजार अनुगमन गर्ने र न्यायिक समितिको निर्णय कार्यान्वयनमा सघाउ पु¥याउने गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराले बताए ।

पालिकाकै आन्तरिक स्रोतबाट उनीहरुलाई तलवको व्यवस्था गरिने बताइएको छ । नगर प्रहरी छनोटका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय पदपूर्ती समिति गठन भएको थियो । पालिकाको नगर प्रहरी संचालन तथा व्यवस्थापन कार्यविधि २०८० अनुसार भर्ना छनोटको काम भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्