| मङ्लबार, कार्तिक २४, २०८३

रोटरी क्लबले छेवेटारमा ग¥यो वृक्षारोपण

गोरखा नगरपालिका–१० छेवेटारस्थित लट्टेश्वर महादेव मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । रोटरी क्लब अफ गोरखाको आयोजनामा मंगलवार वृक्षारोपण भएको हो । करिव एक सय विरुवा रोपिएको क्लबका अध्यक्ष बिनोद बस्नेतले बताए ।

‘एक हजार विरुवा रोप्ने लक्ष्य हो,’ उनले भने, ‘साउन १५ सम्म एक हजार विरुवा रोप्छौँ ।’ फलफूलका बिरुवाको साथमा अशोका, धुपी, गुल्मोहर, कपुर लगायतका विरुवा समेत लगाइएको उनले जानकारी दिए ।

उनका अनुसार यो बर्ष रोटरी डिस्ट्रिक ३२९२ को देशभर एकलाख विरुवा लगाउने लक्ष्य छ । ‘यसमा देशभर १६० वटा क्लब आवद्ध छन्, एउटा क्लबले एक हजार विरुवा रोप्ने अभियान सहित वृक्षारोपण गरेका हौँ,’ बस्नेतले भने ।

बर्ष २०२४/०२५ को यो पहिलो कार्यक्रम रहेको बताउँदै उनले सो कार्यक्रमको अवसरमा क्लबको पहिलो नियमित बैठक समेत भएको जानकारी गराए । कार्यक्रममा क्लबका पवनरमण खनाल, बिशाल राना, पूर्व अध्यक्षहरु, वडाध्यक्ष प्रदिप कुँवर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्