| सोमवार, कार्तिक २३, २०८३

तिब्बतमा पक्राउ परेका दुई युवाको खोजी कार्यलाई तिब्रता देऊ

तिब्बती प्रहरीले सीमापारि बोलाएर तिब्बती बजार स्याहामा पक्राउ गरेका गोरखा छेकम्पार, लामागाउँका कर्मा राप्के लामा र छुलेका कर्मा छेतेन लामाको अबस्था बारे अहिलेसम्म घर परिबार अन्यौलमा छन् । तिब्बती प्रहरीले पक्राउ गरेकै हो भन्ने पनि त्यति विश्वासिलो आधार छैन ।

उनीहरु त यार्सागुम्बा संकलन गर्न भाज्यू लेकमा गएका थिए । वैशाख १७ गते खाना खाएर दिउसो यार्सागुम्बा टिप्न गए, तर सदाझै साँझ नफर्केपछि आफन्तजनहरु अताल्लिएर यत्रतत्र खोजबीन गरे । भीरमा निक्कै जोखिम मलेर यार्सागुम्बा संकलन गर्नुपर्ने हुँदा कहीँ अप्रिय घटना पो भयो कि भन्ने उनीहरुको पापी मनले आशंका ग¥यो ।

तर गाउँकै एकजनालाई तिब्बतबाट टेलिफोन गरी तिब्बती प्रहरीले ती युवाहरु आफूहरुको नियन्त्रणमा रहेको जानकारी गराएका थिए । यो कुरालाई कति विश्वास गर्ने ? अन्यौल छ । यही विश्वासमा आफन्तजन बस्न बाध्य छन् । माथि सोध्न जाउँ सीमा नाका बन्द छ । खोजी गरिमाग्न काठमाडौँ जान परिबारसंग सामथ्र्य छैन ।

उनीहरु पक्राउ परेपछि दुर्गम ठाउँका, अनपढ परिबारजनको अबस्था अहिले ज्यादै चिन्ता लाग्दो छ । कहाँ भन्ने, कसलाई भन्ने, के के कुरा भन्ने, के के नभन्ने पनि उनीहरुमा जानकारी छैन । तसर्थ उनीहरुको दयनीय अबस्थालाई मध्यनजर गरी बेपत्ता भएका दुईजनाको खोजविन गर्न स्थानीय जनप्रतिनिधि, स्थानीय नेता, स्थानीय प्रहरी कार्यालय सबै लागि पर्नुपर्छ ।

अहिले परराष्ट्रमन्त्री पनि गोरखाकै भएको अबस्था छ । परराष्ट्रमन्त्रीसंग गम्भीरतापूर्वक कुरा गर्ने हो भने उनले पहल कदमी लिने छन् । परराष्ट्र मन्त्रालयले कुटनीतिक पहल गरेमा उनीहरुको अबस्था ज्ञात हुनसक्थ्यो । साथै कसुर गरेको भए सो कसुरको गाम्भीर्यता हेरेर रिहाका लागि पनि पहल कदमी लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्