| सोमवार, कार्तिक २३, २०८३

‘घाटवेशीको पुल’ बूढीगण्डकी क्षेत्रको विकास सुन्यताको ज्वलन्त नमूना

बूढीगण्डकी जलविद्युत आयोजनाको चर्चा तीब्र रुपमा चलेको डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि हो । जब जलाशययुक्त जलविद्युत आयोजनाको महत्व दर्शाउँदै उनले बूढीगण्डकीको तीनबर्ष पुरानो फाइल खोले, तब यसको उत्साहवद्र्धक चर्चा चल्यो ।

धमाधम डिपिआरको काम अघि बढ्यो । फ्रान्सेली कन्सल्ट्याण्ट कम्पनीले निर्धारित समयमै विस्तृत अध्ययन प्रतिवेदन तयार पा¥यो । २ खर्ब ६० अर्ब लागतमा आठबर्षभित्र आयोजना निर्माण सम्पन्न हुने स्टिमेट गरियो । बूढीगण्डकीका लागि भनेर पेट्रोलियम पदार्थमा धमाधम शुल्क संकलन गर्न थालियो, जग्गा अधिग्रहण गर्न थालियो ।

निर्माण सम्पन्न हुने भनिएको समयसीमा समाप्त भयो, तर आयोजनाको जग पनि खनिएन । खनिएन मात्र होइन, जग लगाउने चर्चा पनि चलेको सुनिएन । अहिले १० बर्ष बितिसकेको छ, तर अहिले पनि बूढीगण्डकी आयोजना बन्ने बारेको कुनै चर्चा सुनिएको छैन ।

आयोजना बन्ने छाँटकाँट छैन, परन्तु, बूढीगण्डकी क्षेत्रमा विकास निर्माणका कामहरु बन्द भए । डुबान हुने ठाउँमा किन विकास निर्माणको काम गर्ने ? जस्ता बेतुकको सवाल गर्दै बजेट विनियोजन गर्न छाडियो । अहिले त्यस क्षेत्रका बासिन्दा घरमै छन् । मुआव्जा लिएको जग्गामा बर्षौँदेखि खेतीपाती गरिरहेका छन्, जनजीवन यथावत छ तर, विकास निर्माणको काम ठप्प छ ।

यसअघि नै बनेका विकासका कामहरु पनि अहिले जीर्ण बन्द बन्दैछ, तर मर्मतसम्भारको काम हुदैन । जसले गर्दा बूढीगण्डकी किनार आसपास बस्ने बासिन्दा पिडित बनेका छन् । त्यस क्षेत्रमा न सडक, न खानेपानी, न विद्यालय, न स्वास्यचौकी, न सामान्यभन्दा सामान्य पूर्वाधार विकास निर्माणका अरु काम, न पुराना कामको मर्मत सम्भार । जसले गर्दा त्यस क्षेत्रका बासिन्दा पिडित भएका छन् ।

यसको एक उदाहरण घाटवेशी पुल हो । २०५६/०५७ ताका बनेको यो पुल मर्मतसम्भार नहुँदा यहाँ प्रयोग भएका काठहरु मक्किसकेका छन् । कतिपय भाँचिएर झरिसकेका छन् । यस्तो पुलको प्रयोग गरेर दैनिक सयौं स्थानीयहरु हिड्नुपरेको छ । तसर्थ त्यहाँको सो पुल यथासीघ्र मर्मत सम्भार होओस्, साथै त्यस क्षेत्रमा अत्यावश्यकीय पूर्वाधार निर्माणको काम गर्ने होओस् ।

प्रतिक्रिया दिनुहोस्