| सोमवार, कार्तिक २३, २०८३

स्थानीय उत्पादनको बजार व्यवस्थापनमा सहयोग गरौँ

कृषि क्षेत्र होस् वा अन्य, अहिलेको प्रमुख समस्या भनेकै बजार व्यवस्थापन हो । उत्पादित उपज तथा सामग्रीले बजार नपाएर बिजोग छ । मेहनतको प्रतिफल पाउन सक्ने अवस्था छैन । यसले लगानीकर्तामा निराशाजनक परिस्थिती सृजना गरिदिएको छ । लगानीकर्ताको मनोवललाई उच्च राख्न अंकुश लगाएको छ ।

अजिरकोट गाउँपालिका काफलडाँडाका दिपक बिकलाई पनि बजार व्यवस्थापन मुख्य चुनौती बनेको छ । उनी दारको ठेकी बनाउने पुख्र्याैली पेशा गर्छन् । ठेकी मात्र होइन पुङ, पुचई, गबुवा लगायतका १५ थरिका सामग्री उनी बनाउछन् । तर ती सामग्रीहरुले बजार पाउन सकेको छैन । बजार व्यवस्थापनका लागी पटक पटक उनले सम्बन्धित स्थानीय तहलाई आग्रह समेत गर्दै आएका छन् । तर सुनुवाई भएको छैन । आश्वासन मात्र पाएका छन् ।

यो त एउटा उदाहरण मात्र हो । जिल्लाका अधिकांश स्थानीय उत्पादनहरुले बजार पाएका छैनन् । त्यसमाथि पनि परम्परागत सामग्रीका उत्पादन । दुना/टपरी, दारको ठेकी/मदानी, गुन्द्री/चकटी, स्थानीय स्तरमा उत्पादित गलैचा, डोको, थुन्से लगायतका स्थानीय उत्पादनको बजार व्यवस्थापनमा सम्बन्धित निकायले खासै चासो दिएको पनि देखिदैन । यस्ता मौलिकता झल्कने वस्तुहरुको संरक्षणसँगै प्रवद्र्धन गर्ने दायित्व स्थानीय तहको पनि हो ।

मौलिकता जोगाउँदै आफ्नो सिप र श्रम बेच्नेहरुलाई प्रोत्साहन गर्नु आवश्यक छ । उनीहरुको श्रमको सम्मान गर्दै उत्पादित सामग्रीहरुको बजार व्यवस्थापन गर्न सके रोजगारका लागी बिदेशीने क्रमलाई केही हदसम्म रोक्न सकिने थियो की ! सम्बन्धित निकायको यसतर्फ ध्यान केन्द्रित होस् ।

प्रतिक्रिया दिनुहोस्