
बलात्कार घटना न्यूनिकरणसम्बन्धी सचेतना गाउँस्तरसम्म पुगोस्
बलात्कार घटनाका जिल्लाको तथ्याङ्क डरलाग्दो छ । दिनहुँ जसो बलात्कारका घटना घटिरहेका छन् । आखीर किन हुन्छ बलात्कारका घटना ? कानुन कमजोर भएर ? दोषिलाई उचित कारवाहि नभएर ? चेतनाको कमि अथवा चेतनालाई प्रयोगमा नल्याएर ? यो अध्यनको विषय बन्ला । तर यसले समाजलाई चिन्तीत बनाएको छ । नाबालिका, अपाङ्गता भएकाहरु समेत यस्ता घटनाका पीडित छन् ।
हाम्रो समाजमा यौन शिक्षाको कमि छ । परम्परागत यौन शिक्षालाई दवाइएको छ । जसले गर्दा मानिसहरुमा यौन भावना दविएर रहेको हुन्छ । धेरै मात्रामा दविएर रहेको यौनको भावना बिस्फोट भएर बलत्कारको घटना हुने गरेका छन् । बढ्दो वेरोजगार, छाडा सस्कृतीको फेसन, उत्तेजक खानपिन, कुलत, यौनको सकारात्मक शिक्षाको कमि र नकारात्मक सोचको विकासले पनि बलत्कारको घटना दिनप्रतिदिन बढदै गएको तितो यथार्थ सबैले स्वीकार गर्नुपर्छ ।
बलत्कारका घटना अधिकाशं घटना प्रहरीमा आउदैन । पैसाको लेनदेनमा बलत्कारीलाई उम्काउने प्रयास गाउँमै हुन्छ । पैसाको लेनदेनमा बलत्कारको घटना प्रहरी समक्ष उजुरी नगर्ने पीडितहरुको सख्या पनि समाजमा थुप्रै भेटिन्छन् । आपसी लेनदेनमा चित्त नबुझेकै कारण बलात्कारको मुद्दा हाल्ने प्रवृतिले पनि पछिल्लो समय हाम्रो समाजमा स्थान पाइरहेको छ । यस्तो प्रवृतिको पनि अन्त्य हुनुपर्छ ।
तर बलात्कार गर्नेहरुलाई भने कारवाहीको दायरामा ल्याउनै पर्छ । एउटा महिलाको अस्मीता त्यसमाथी पनि बलजफ्ती बलात्कार गरेर यौनको तृष्णा मेटाउन खोज्नु घृणित कार्य हो । यस्ता घृणित कार्य गर्नेहरुलाइ कानूनी कठघरामा उभ्याउदै सचेतनाको पाटोमा पनि थुप्रै काम गनुपर्ने देखिएको छ । बलात्कारका घटना न्यूनिकरणका लागी सचेतनामूलक कार्यक्रमहरु गाउँस्तरसम्म लैजानु पनि उत्तिकै आवश्यक छ ।




