
बजार अनुगमन थप प्रभावकारी बनोस्
बारपाक सुलिकोट गाउँपालिकाका केही वडामा वधुवार बजार अनुगमन भयो । अनुगमनका क्रममा अधिकांश पसल तथा व्यवसाय विना दर्ता संचालन भएको पाइयो । अनुगमन टोलीले ती पसलहरु बन्द समेत गरायो । सात दिनभित्र दर्ता गरिसक्न निर्देशन समेत दियो । यसरी हुने बजार अनुगमनले एउटा थिती बसाउँछ जसले राज्यको कर छली नियन्त्रण गर्ने मात्र होइन उपभोक्ताको हक अधिकार समेत सुनिश्चित गराउन मद्दत पु¥याउछ ।
बजार अनुगमन हुनु सकारात्मक पक्ष हो । यसले कालोवजारी, गुणस्तरहीन खाद्य वस्तुको बिक्री वितरणको नियन्त्रणमा पनि उत्तिकै सहयोग पु¥याउछ । बिशेष गरी ग्रामिण भेगमा व्यापार व्यवसाय गर्दै आएका कतिपय व्यापारीहरुलाई व्यवसाय गर्दा अपनाउनुपर्ने प्रक्रिया र नियम कानून अनविज्ञता पनि हुन सक्छ । त्यसबारे जानकारी दिने काममा पनि अनुगमनको भूमिका रहन्छ ।
बजार अनुगमनले निरन्तरता पाइराख्नु पर्छ । जिल्लाको बजार अनुगमनले पनि निरन्तरता पाइरहेकै छ । तर सदरमुकाममा मात्र केन्द्रित भएर गरिने ती अनुगमनले ग्रामिण भेगका व्यवसायलाई अनुगमनको पाटोमा समेट्न भने खासै सकेको छैन । अहिले अनुगमन समितिको संख्या नगन्य छ । स्थानीय तहदेखि जिल्लासम्म अनुगमन समिति छन् । तर यी समितिले गर्दै आएका बजार अनुगमनको प्रभावकारितामाथि भने सधै प्रश्न उठ्ने गरेका छन् ।
नियम विपरित व्यवसाय संचालन गर्दै आएका, म्याद नाँघेका खाद्य वस्तु विक्री वितरण गर्दै आएका, मूल्यसूचि लगायतका आवश्यक सामान्य मापदण्ड पनि पूरा नगरी व्यवसाय संचालन गर्दै आएकाहरुलाई कारवाही भएको देखिदैन । अद्याद्य वस्तु जफत गर्नु र पटक पटक उही गल्ती दोहो¥याइरुहेको व्यवसायीलाई सामान्य सम्झाई बुझाइ गरेर कारवाहीको दायरामा ल्याउन नसक्नु अनुगमन समितिको कमजोरी हो । त्यसैले आगामी दिनमा अनुगमनसँगै कारवाहीको हिम्मत राख्न सके अनुगमनको प्रभावकारितामाथि प्रश्न उठ्ने थिएन की !




