| सोमवार, कार्तिक २३, २०८३

खेलकुदको विकास आशालाग्दो

गोरखामा फुटबल र पछिल्लो समयमा भलिबल खेलको विकासले केही आशा गर्ने ठाउँ बनाएको छ । युवाशक्तिलाई खेलकुद क्षेत्रमा आकर्षित गर्न विभिन्न क्लव तथा समितिहरु सरिक भएका छन् । पछिल्लो हप्ता गोरखामा फुटबल प्रतियोगिता र भलिबल प्रतियोगिता पनि सम्पन्न भए । जिल्ला भलिबल संघले अन्तरपालिका भलिबल प्रतियोगिता सम्पन्न ग¥यो । त्यसैगरी द ओसन क्लवले फुटबल प्रतियोगिताको आयोजना ग¥यो । यो प्रतियोगिताचाहिँ राष्ट्रिय स्तरकै थियो ।

द ओसन क्लवको आयोजनामा सम्पन्न भएको यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि क्यासी स्पोर्टस एकेडेमीले हात पारेको छ । प्रतियोगिता गोरखा नगरपालिका–९ स्थित कृतिम घाँसे मैदानमा भएको थिथयो । उपाधिका लागि शनिबार क्यासी स्पोटस एकेडेमी र थ्री स्टार क्लवबीच फाइनल खेल भएको थियो ।

गोरखामा सम्पन्न प्रथम अन्तर पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष तर्फको उपाधि सहिद लखन गाउँपालिकाले उचाल्यो छ । शुक्रबार भएको फाइन खेलमा भिमसेन थापा गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै शहिद लखनले उपाधि हात पारेको हो । महिलातर्फ बारपाक सुलिकोट गाउँपालिकाले उपाधि जितेर बिजयी बनेको छ ।

युवा, किशोरमा बाहिर मात्रै धेरै हिँडिरहने, अनुपयोगी काममा मात्र लागि रहने, गाँजा, चुरोट, जाँड रक्सीको कुलतमा फँस्ने, डाइजोजस्ता लागु पदार्थको कारोबार गर्ने जस्ता कैयौँ उदाहरण छन् । यो वातावरणबाट जोगाएर युवा, किशोरहरुलाई खेलकुदतर्फ आकर्षित गर्नु वुद्धिमानी हो । किनभने बिग्रिने समयमा खेलकुदमा तल्लीन भयो भने उ कुपात्रबाट सुपात्र बन्न सफल हुन्छ ।

तसर्थ खेलकुदले एक त व्यक्तिलाई निरोगी, फुर्तिलो राख्छ । अर्को फाइदा खेलकुदले व्यक्तिको आर्थिक आम्दानी बढाउँछ । त्यस्तै मोबाइलमा मात्र घोप्टिरहने बालबालिकाहरुलाई खेलकुदले गर्दा साथीसंगीहरुसित खेलेर मनोरञ्जन गर्ने अवसर मिल्छ ।
त्यसैले खेलकुदको विकास गर्नु समग्रमा नगरबासीकै नयाँ पुस्ताको हितका लागि हो ।

प्रतिक्रिया दिनुहोस्