| आइतवार, कार्तिक २२, २०८३

नियन्त्रित लागु औषध सहित एक व्यक्ति पक्राउ

नियन्त्रित लागु औषध सहित इलाका प्रहरी कार्यलय आबुँखैरेनीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–५ का २७ वर्षीय जनक हरिजन रहेका छन् । सवारी चेकजाँचको क्रममा मुग्लिङबाट आँबुखैरेनी तर्फ आउँदै गरेको यात्रुवाहक बसमा हरिजन लागु औषध सहित भेटिएका थिए ।

उनको साथबाट दुई डाइजिपाम (२ एमएलको एम्पुल) ४७ थान, फेनरगान लेखेको (२ एमएलको एम्पुल) ४७ थान र बुफेरनोफाइन् (२ एमएलको एम्पुल) ४७ थान गरी जम्मा १ सय ४१ एम्पुल लागु औषध बरामद गरेको इलाका प्रहरी कार्यालय आँवुखैरेनीका इन्चार्ज प्रहरी निरीक्षक शिव थापाले बताए । हरिजनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्