| मङ्लबार, कार्तिक २४, २०८३

रोटरी क्लबको दन्त शिविर १ सय बढी बिद्यार्थीले सेवा लिए

रोटरी क्लब अफ गोरखाले आफ्नो २२ औ स्थापना दिवसको अवसरमा दन्त शिविर गरेको छ । गोरखा नगरपालिका–८ डुम्रीडाँडास्थित रत्नलक्ष्मी माध्यमिक बिद्यालयमा भएको शिविरमा १ सय २९ जना बिद्यार्थीको दात परीक्षण गरिएको क्लवले जनाएको छ ।

गोरखा अस्पताल र संगम मेडिहेल्थ क्लिनिकको प्राविधिक सहयोग र क्लबको आयोजनामा शिविर भएको हो । क्लबका अध्यक्ष ज्ञानहरि अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पुर्व अध्यक्ष पवनरमण खनाल, बिद्यायल व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र आचार्य, प्रधानाध्यापक साधना त्रिपाठी लगायतले मन्तव्य राखेका थिए ।

दिवसकै अवसरमा चार्टर प्रेसिडेन्ट शित्तलकाजी मास्के, चार्टरहरु इश्वकाजी मास्के, होमबहादुर वानिया, पवनरमण खनाल सम्मानित भएका छन् । त्यस्तै क्लबबाट विभिन्न पदको नेतृत्व सम्हालिसकेका पूर्व अध्यक्षहरु नकुल थापा, किशोरजंग थापा र बिशाल रानालाई पनि क्लबले सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्