| शनिबार, भदौ ७, २०७६

गाडी सुविधाका लागि दिएको बजेटले सडक खन्ने यी मेयर

काठमाडौं, । स्थानीय मेयर, उपमेयर, वडा अध्यक्षहरु विभिन्न मामिलामा विवादमा आइरहेको बेला कमल बजार नगरपालिकाले भने जनतामा आशा जगाउने काम गरेका छन् ।

अछामको कमल बजार नगरपालिकाका मेयर ओमप्रकाश बिष्टले मेयर चढ्ने भनेर छुट्याइएको ६० लाख रकमले नगरपालिकाभित्र सडक निर्माण गरेका हुन् । उनले ६० लाखमध्ये ४० लाखले कमल बजारदेखि गैरीटाँडसम्म ८ किमी सडक स्तरोन्नति गरेका छन् ।

बचत रहेको २० लाख रकम नगरका बाँकी सडक स्तरोन्नति गर्न खर्च गर्ने बिष्टले बताए । उक्त रकम स्थानीय सडक स्तरोन्नतिका लागि खर्च गरेपछि स्थानीयमा खुसी छाएको छ ।

जनता सार्वजनिक गाडी चढ्ने बाटो नभई आफू गाडी नचढ्ने बिष्टले प्रतिवद्धता व्यक्त गरेका छन् । ‘जनता हिड्ने बाटो छैन, हामी मेयर, उपमेयर व्यक्तिगत गाडी चढेर नगरपालिका बन्दैन’ उनले भने ।

७५३ वटै स्थानीय तहका प्रमूख, उपप्रमूख व्यक्तिगत सुविधामा होडबाजी गरिरहेका बेला बिष्टले नमूनायोग्य सन्देश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्