| मङ्लबार, कार्तिक २४, २०८३

स्व. रानाको स्मृतिमा संचालित निशुल्क स्वास्थ्य शिविरमा ५ सय बढीले सेवा लिए

गोरखा नगरपालिका–५ का वडाध्यक्ष स्वर्गिय खिलबहादुर रानाको स्मृतिमा संचालित निशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढीले सेवा लिएका छन् ।

दुई दिनसम्म संचालन भएको शिविरमा पहिलो दिन शुक्रवार २ सय २४ र दोस्रो दिन शनिवार २ सय ८० जनाले सेवा लिएको कार्यक्रम संयोजक किरण ढकालले बताए ।

राष्ट्रिय युवा संघ गोरखा र सुनिता स्मृति प्रतिष्ठान गोरखाको आयोजना तथा चरक मेमोरियल अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो ।

पस्लाङमा भएको शिविरमा स्त्री रोग, नशा तथा हाडजोर्नी, मुटु तथा मानसिक रोगका बिरामीको स्वास्थ्य परिक्षण एवं इको, इसिजी, भिडियो एक्स–रे, सुगर एवं प्रेसर जाँच लगायतका सेवा दिइएको थियो । शिविरमा औषधी पनि निशुल्कमा वितरण गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्