| सोमवार, कार्तिक २३, २०८३

बयान, बकपत्र फेर्दा पीडकको मनोबल बढ्छ

पीडितले ‘पीडामा परेँ’ भनेर जाहेरी दिने र मुद्दा चलेपछि बयान फेरेर आफू पीडित नभएको भनेपछि कानून कार्यान्वयन गर्ने, गराउने निकाय नै अलमलमा पर्ने गरेका छन् ।

बिहिबार आयोजित अपराध तथा मानव अधिकार हननको घटनाको बारेमा छलफल गर्न आयोजना गरिएको एक कार्यक्रममा अदालत, सरकारी वकिल कार्यालय, प्रहरी कार्यालय तथा स्वतन्त्र वकिलहरुले बयान फेर्ने प्रचलनले हिंसा तथा अपराध गर्नेले जोगिने मौका पाइरहेको, पीडितले पीडा सहन परिरहेको र कानून कार्यान्वयन गर्ने, गराउने निकायले बेफ्वाँकमा दुख गरिरहनु परेको बताएका थिए ।

गाउँ, सहरमा कुनै हिंसा, अपराध तथा मानव अधिकार हननका घटना घट्यो भने पीडित न्यायको ढोका ढक्ढक्याउन अदालत तथा प्रहरी कार्यालय पुग्छन् । जाहेरी दिएर त्यहाँबाट अनुसन्धान प्रक्रिया अघि बढिरहेको हुन्छ । अनुसन्धानको प्रक्रियाले लामै समय खर्चिसकेको हुन्छ । तर पीडक पक्षबाट विभिन्न डर, धाकधम्की, लोभलाभको प्रपञ्चमा फँसेर वा विभिन्न परिबन्धमा परेर पीडितहरु बयान फेर्न प्रहरी कार्यालय तथा अदालत पुग्ने गर्छन् । यसले गर्दा अनुसन्धानमा खर्च गरेको समय वा अन्य विभिन्न खर्च बेअर्थको हुन्छ ।

पीडित, पीडकलाई मिलाउने बहानामा बिचौलियाले पनि मोटो रकम लिएर कारोबार गरिरहेका हुन्छन् ।
बयान तथा बकपत्र फेर्ने जस्ता पीडितका दुश्प्रयासले पीडित स्वयं फेरि हिंसा, अपराधका घटनाबाट पीडित हुने सम्भावना प्रचुर रहन्छ । साथै पीडकको मनोबल बढ्छ । आगामि दिनमा पनि पक्राउ परेमा वा मुद्दा झेल्नु परे पनि यस्तो यस्तो हर्कत गरेमा बच्न सकिन्छ भन्ने वैकल्पिक बाटो देखिसकेको हुन्छ ।

बयान फेरेर पीडकलाई जोगाएपछि कतिपय अबस्थामा त पीडित सुध्रन्छन् र भावी दिन सुखमय बन्लान् तर अधिकांशमा उनीहरुको मनोबल बढेर फेरिफेरि त्यस्ता घटना दोहो¥याउने सम्भावना अधिक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्