| मङ्लबार, कार्तिक २४, २०८३

एक सय बढीको मधुमेहको निशुल्क परिक्षण

गोरखा नगरपालिका–६ हरमटारीचोकमा मधुमेहको निशुल्क परिक्षण कार्यक्रम संचालन भएको छ ।

लायन्स क्लब अफ गोरखाको आयोजना तथा गोरखा प्राविधिक प्रशिक्षण केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १०९ जनाको मधुमेह परिक्षण गरिएको क्लबका बालकृष्ण पोखरेलले बताए ।

रगतमा मधुमेहको मात्रा कति छ भनेर परिक्षण गरिएको उनले जानकारी दिए । क्लबका अध्यक्ष भगवानबाबु मास्केको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा प्राविधिक प्रशिक्षण केन्द्रका प्रिन्सिपल डा. उकेश खुशीले मधुमेह रोगका लक्षण र उपचारको बारेमा जानकारी गराएको थिए ।

कार्यक्रमकै अवसरमा मधुमेह सम्बन्धी सचेतनामूलक सडक नाटक समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष सुजन कुवँर, संस्थाका गोविन्दबहादुर गुरुङ, केन्द्रका अध्यक्ष चन्दनबाबु खत्री लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्