
सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री सिंखडाद्वारा गोरखा अस्पतालको निरीक्षण
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले गोरखा अस्पतालको निरीक्षण गरेकी छन् । अस्पतालको निरीक्षणको क्रममा उनले दरवन्दी अनुसारको चिकित्सक पदपूर्ति गर्न आफूले पहल गर्ने बताइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा उद्घाटन भएको अस्पतालको आइसियू कक्षप्रति चासो व्यक्त गर्दै उनले संचालन नहुनुको कारणबारे जिज्ञासा राखेकी थिइन् ।
अस्पतालमा रहेको सबै वार्डहरुको निरीक्षण गर्दै उनले प्रभावकारी सेवा प्रवाहमा जोड दिन निर्देशन समेत दिएकी छन् ।




