| सोमवार, कार्तिक २३, २०८३

गोरखाबजार हुँदै मनास्लु क्षेत्र जाने वातावरण बनाऊ

गोरखाको मनास्लु क्षेत्रमा विदेशी पर्यटक खचाखच हुन्छन् । भूकम्प र कोभिड महामारीका कारण थलिएको पर्यटन व्यवसाय यसबर्षदेखि पुरानै लयमा फर्किएको छ । पर्यटकको चाप बढ्न थालेपछि होटल, लज, टिसपमा लगानी गरेका व्यवसायी यस बर्ष प्रफुल्लित भएका छन् ।

होटल, लजमा लगानी गर्नेवित्तिकै कोभिड महामारी लागेपछि चिन्तित होटल व्यवसायी यसबर्ष पर्यटकको संख्या उल्लेख्य बढेपछि खुशी भएका हुन् ।

यसबर्ष अहिलेसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् । यसअघि धेरै पर्यटक आएको भनिएको २०७५ सालमा भन्दा यसबर्षको नोभेम्बरसम्म एकहजार चारसय जनाले धेरै पर्यटक आएका मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जनाएको छ ।

अंग्रेजी बर्ष २०१७ मा सातहजार ६५५ जना विदेशी पर्यटक पुगेको चुम र नुब्री उपत्यकामा चालु बर्षको जनवरीदेखि नोभेम्बरसम्म नौ हजार ६० जना विदेशी पर्यटकले भ्रमण गरेको उनले बताए । बिगत चारबर्षमा कोभिडका कारण पर्यटकको संख्या ज्यादै न्यून थियो । आर्थिक वर्ष २०७७÷०७८ मा सबैभन्दा कम अर्थात जम्मा एक सय ९४ जनामात्र पर्यटक सो क्षेत्रमा पुगेका थिए ।

मनास्लु क्षेत्रमा सन् २०२२ मा छहजार १०२ विदेशी पर्यटकले भ्रमण गरेका थिए भने, कोभिड १९ महामारी मच्चिरहेको २०२१ मा ९२५ जनाले भ्रमण गरेका थिए । त्यस्तै २०२० मा ३७४, २०१९ मा सातहजार ५५५ जनाले र सन २०१८ मा सातहजार ६५५ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए ।

यति धेरै विदेशी पर्यटक गोरखाको एउटा क्षेत्रमा भित्रिइरहेका छन् , तर मुख्य क्षेत्र सदरमुकाममा विदेशी पर्यटकको चहलपहल छैन । पर्यटकहरु धादिङबेशी, सल्यानटार, आरुघाट हुदै मनास्लु क्षेत्र प्रवेश गर्छन् । कोहीकोही मनाङको धारापानी, भीमथानहुदै पनि मनास्लु क्षेत्र प्रवेश गर्छन् । जसले गर्दा गोरखामा भित्रिएका विदेशी पर्यटकका कारण गोरखा सदरमुकामबासीले कुनै लाभ लिन पाएका छैनन् ।

यो अवस्थालाई अब नीति निर्माण तहबाटै गोरखाको सदरमुकाम हुँदै पर्यटक मनास्लु क्षेत्र प्रवेश गर्ने बाध्यकारी व्यवस्था गर्नु मनासिब हुन्छ ।

प्रतिक्रिया दिनुहोस्