
गोनपामा मानसिक स्वास्थ्य, नसर्ने रोग र आँखा जाँचको अभिमुखीकरण कार्यक्रम सम्पन्न
गोरखा नगरपालिकामा मानसिक स्वास्थ्य, नसर्ने रोग र आँखा जाँचको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा कार्यक्रम भएको हो ।
कार्यक्रममा गोरखा नगरपालिका भित्रका सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई लायन्स आँखा सेवा केन्द्र गोरखाको सहयोगमा आँखा जाँच सम्बन्धी अभिमुखीकरण संचालन गरिएको थियो ।
त्यस्तै गोरखा नगरपालिका स्वास्थ्य शाखाबाट मानसिक स्वास्थ्य र नसर्ने रोगका बारेमा अभिमुखीकरण गरिएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत निश्चल अर्यालले बताए ।
नगर प्रमुख कृष्ण रानाको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, गोरखा लायन्स आँखा सेवा केन्द्रका पदाधिकारी, महिला स्वास्थ्य स्वयमसेविका लगायतले मन्तव्य राखेका थिए । गोरखा नगरपालिका भित्र हाल ६३ जना महिला स्वास्थ्य स्वयमसेविका कार्यरत रहेको नगरपालिकाले जनाएको छ ।




