| सोमवार, कार्तिक २३, २०८३

रोजगारी सिर्जनाका लागि गोरखा नगरपालिकाको सत्प्रयास

‘बुबा विदेश जाने दिन पनि मैले ढिँडो खुवाएको थिएँ’, चरम गरिबी दर्शाउन एक अवोध बालिकाको यो भनाइ पर्याप्त छ । यस्तो दर्दनाक ती अमुक बालिकाको घरको मात्र होइन, वैदेशिक रोजगारीमा जान बाध्य कैयौँ नेपालीको हृदयविदारक कथा हो ।

रोजगारी खोज्दै लाखौं नेपाली युवा विदेशिएको कहालीलाग्दो अबस्था छ । यदि जन्मस्थलमै रोजगारी पाए भने विदेशिने रहर बास्तबमै कसैलाई हुदैन । तैपनि दुईचार पैसाको मुख हेर्न नविदेशिई पनि भएको छैन । कुनै त्यस्तो गाउँ छैन, जहाँ युवाहरु टनाटक गाउँघरमै छन्, त्यस्तो कुनै ठाउँछैन, गाउँका घरहरु भरिभराउ छन् ।

अहिले गाउँमा बिहे उठाउन पुग्ने युवाशक्ति छैनन्, त्यसैले गाउँघरको बिहे पनि सहरको होटल, क्याटरिङमा हुन थालेका छन् । मलामी जाने युवाको अभाव छ ।

स्वदेशमै रोजगारी सिर्जना गरी लाखौँ नेपाली युवालाई घरमै वा देशमै राख्नु अपरिहार्य भइसक्यो । स्वदेशमै रोजगारीको अवसर प्राप्त भयो भने विदेशिने क्रम पक्कै घट्थ्यो । तर यो अबस्था कहिले, कसरी र कसले सिर्जना गर्न सक्छ होला ? अनुत्तरित ठूलो प्रश्नचिन्ह सबको सामु छ ।

गोरखा नगरपालिकाले रोजगारी सिर्जना गर्ने उद्देश्यले एउटा सानो नमूना कार्यक्रमको थालनी गरेको छ । ‘रोजगार प्रवद्र्धन तथा पूर्वाधार कार्यक्रम’ नाम दिएर पाइलट प्रोजेक्टका रुपमा एउटा कार्यक्रम सुरु गरेको हो । वडा नं. ११ मा सो पाइलट प्रोजेक्टको सुरुवात छ ।

सो वडाभित्र पाँचवटा उपभोक्ता समिति गठन गरी योजना कार्यान्वयन गर्न ५५ जना कामदार छनोट गरेको छ । जसमा सडक, फुटपाथ, खानेपानी, टयांकी, सामुदायिक भवन र सिँडीबाटो निर्माण आदिको उपभोक्ता समिति बनाएर नमूना कार्यक्रम सुरु गरेको छ । यदि यसरी रोजगारी सिर्जना गर्न सकिने रहेछ भने अरुले पनि यसलाई देखासिकी गर्नु उपयुक्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्