
मापसे गरी एम्बुलेन्स चलाउने दुस्साहस कसैले नगरुन्
जब कोही दुर्घटनामा पर्छ, जब कोही गम्भीर बिरामी पर्छ तब सम्झिने भनेको आफ्नो आस्था रहेको इश्वर हो, जन्मदिने आमा, बुबा हो, अस्पताल हो, उद्धार गरिदिने प्रहरी, सेना अनि अस्पतालसम्म पु¥याउने एम्बुलेन्स हो । असक्त हुँदा यिनीहरु जीवनदाताका रुपमा स्वीकारिन्छ ।
अर्थात एम्बुलेन्स भनेको मान्छे गाह्रो अप्ठेरो पर्दा प्रयोग हुने सवारी साधन हो । एम्बुलेन्स चालकप्रति बिरामी वा घाइतेको धेरै ठूलो भरोशा हुन्छ । एम्बुलेन्सले छिटो भन्दा छिटो अस्पताल पु¥याइदिन्छ, अस्पताल पुगेपछि आफ्नो असह्य पीडा निवारण हुन्छ भन्नेमा विपद्मा परेकाको अन्तिम भरोशा हुन्छ ।
घाइते, बिरामीका कुरुवा पनि निरिह हुन्छन् । आफ्ना बिरामी वा घाइतेको पीडाले उनीहरुको मन, मुटु पनि विक्षिप्त हुन्छन्, किं कर्तव्य विमूढ हुन्छन् । यस्तो अबस्थामा एम्बुलेन्स चालकले उपयुक्त अस्पताल पु¥याएर टिकट काटिदिने, बिरामीलाई शैयासम्म पु¥याउने भूमिकासमेत निर्वाह गर्छन् ।
यसरी महत्वपूर्ण मानिने व्यक्ति, गाह्रो, अप्ठ्यारोमा काम लाग्ने व्यक्ति, आत्माले भरोशा गरेको व्यक्तिले मादक पदार्थसेवन गरी एम्बुलेन्स चलाएमा बिरामी र उसका आफन्तको आत्माले के भन्ठान्ला ? एम्बुलेन्समा अतिसार भएका घाइते वा बिरामी छटपटाइरहेको हुनसक्छ ।
उनीहरुका आफन्त अताल्लिएर मेसोमेलो नपाइरहेका बेला धेरै कुरा सम्हाल्दिनु पर्ने एम्बुलेन्स चालकको मानवीय नैतिकता हो । तर उनी आफै मादक पदार्थ सेवन गरी असन्तुलित भएमा बिरामी, घाइते तथा उनका कुरुवाको घाउमा नूनचुक लगाए जस्तो हुन्छ ।
मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाएको भन्दै गोरखाको प्रहरीले एक चालकलाई पक्राउ गरेको छ । उनी एक एम्बुलेन्स चालक मात्र नभै बिरामी तथा घाइतेलाई अतिरिक्त सेवा दिने स्वभावका चिरपरिचित चालक हुन् । तर बेलाबेला मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाएको आरोप सुन्नमा आउने र केहीदिनअघि त्यस्तै अबस्थामा फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनी सुध्रिनुपर्छ, अरुसबै एम्बुलेन्स चालकले पनि मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने दुस्साहस गर्नु हुदैन ।




