
सांसदले गरे एम्बुलेन्स हस्तान्तरण
दरौँदी ः प्रदेश सांसद प्रकासचन्द्र दवाडीले सौरपानी स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । मंगलबार बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ को कार्यालयमा भएको कार्यक्रममा दवाडीले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । गाउँपालिकाका अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकीकी प्रमुख अनिता पनेरुलाई एम्बुलेन्स हस्तान्तरण गरिएको सुवास अधिकारीले जानकारी दिए । स्थानीय इश्वर पनेरु संयोजक रहेको समितिले अर्थ संकलन गरेर एम्बुलेन्स खरिद गरेका थिए । एम्बुलेन्स खरिद गर्नका लागि सांसद दवाडीले पनि ५० हजार रुपियाँ प्रदान गरेका थिए ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सांसद दवाडी, गाउँपालिकाका अध्यक्ष भट्ट, संयोजक पनेरु, दिनेश खनखवास, वीरबहादुर गुरुङ, लक्ष्मण न्यौपाने, मोहन ढकाल लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
यसअघि सांसद दवाडीले साबिक स्वाँरा गाविसको खारचोकमा नेपाल टेलिकमको टावर स्थापना गर्ने स्थलको अध्ययन गरेका थिए ।




