| सोमवार, कार्तिक २३, २०८३

बिकासे योजना समयमै सम्पन्न गर्ने प्रवृतिको बिकास होओस्

जिल्लामा जतिपनि बिकासे योजनाहरु संचालित छन्, ती मध्ये तोकिएको समयमा सम्पन्न भएका सायद बिरलै होलान् । ठेकेदारको लापरवाहीले अलपत्र परेका योजनाहरु जिल्लामा नगन्य छन् । ऐतिहासिक र धार्मिक सम्पदा गोरखा दरवारको पुननिर्माण त समयमै हुन नसक्ने जिल्लामा बिकासे योजनाहरु निर्धारित समयमै ठेकेदारहरुले सम्पन्न गर्छन् भनेर अपेक्षा गर्नु मुर्खता हो ।

भूकम्पपछि जिल्लामा बिकास निर्माणका योजनाहरु चाङ लागे । धमाधम कामहरु पनि शुरु भए । तर बिडम्वना निर्माणको जिम्मा लिने ठेकेदारको बदमासीले गर्दा कतिपय योजना अलपत्र बने । सडकका योजना होस् वा पुल निर्माण, काम अलपत्र छाडेर ठेकेदार मोटाउने प्रवृतिले जनाताले सधै सास्ती खेप्नुप¥यो । अहिले पनि जिल्लाका अधिकांश ठेकेदारहरुमा त्यही प्रवृति हावी छ ।

काम पाउन तुम शरणम् गर्ने तर काम पाएपछि लापरवाही गर्ने उनीहरुको स्वभाले जिल्लाको बिकास निर्माणमा प्रत्यक्ष असर पु¥याइरहेको छ । अधिकांश सडक स्तरोन्नतीमा ठेकेदारको लापरवाही बढी भेटिन्छ । दुई बर्षको अवधि तोकेर सडक स्तरोन्नती गर्न जिम्मा दिइन्छ तर पाँच बर्ष बित्दा पनि काम हुदैन । यसको ज्वलन्त उदाहरण बाह्र किलो बारपाक सडक स्तरोन्नतीको काम हो । जुन आजसम्म सम्पन्न हुन सकेको छैन । पुल निर्माणमा पनि त्यस्तै लापरवाही छ ।

योजनाहरु समयमै सम्पन्न नहुनुमा ठेकेदारको मात्र जिम्मेवार हुदैनन् । नियमन निकाय पनि उत्तिकै भागिदार हुन्छ । ठेकेदार र नियमन निकायकै सेटिङमा पनि कामहरु अलपत्र हुने गरेका उदाहरण छन् । काममा लापरवाही गर्ने ठेकेदारलाइ कारवाही गर्न नसक्नुको पछाडी पक्कै केही रहस्य होला ।

योजनाहरु समयमै सक्न सवैभन्दा पहिले राजनितिक दवाव र आफू निकटकालाइ योजना दिने काम बन्द हुनुपर्छ । सँगै समयमै काम नगर्ने कम्पनीलाइ कालोसूचिमा राखेर कारवाही गर्ने हिम्मत राख्नुपर्छ । काम गर्नेलाई प्रोत्साहन, नगर्नेलाई कारवाही हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्