| सोमवार, कार्तिक २३, २०८३

भाडा समायोजन : सकारात्मक प्रयास

सोमवार जिल्लाका अस्थायी रुटको भाडा समायोजन भयो । बर्षाैदेखि हुन नसकेको यस कार्यलाई पूर्णता दिदैँ अस्थायी मार्ग तथा भाडा निर्धारण समितिले नयाँ भाडादर कायम ग¥यो । प्रशासनको यो सकारात्मक प्रयास प्रशंसायोग्य नै छ । सडक स्तरोन्नतीसँगै अवका दिनमा भाडा समायोजन कार्य पनि समानान्तर रुपमा अघि बढ्न सके महँगो यात्राको मारमा यात्रुहरु पर्ने छैनन् । यसका लागी प्रशासनले नै तदरुपता देखाउनुपर्छ ।

जिल्लामा हालसम्म कुल ४५ अस्थायी रुट कायम भएका छन् । कच्चि भनेर उल्लेख भएका ती रुटका सडकमध्ये अधिकांश स्तरोन्नती भएर केही कालोपत्रे भइसके भने केही ग्रावेल । तर ती सडकमा पनि कच्चि सरहकै भाडा तिर्न यात्रुहरु बाध्य थिए । यो बाध्यात्मक अवस्था सृजना हुनुमा पनि प्रशासन नै जिम्मेवार थियो । भाडा समायोजनका लागी आवश्यक पहल भएको थिएन । यातायात व्यवसायीले पनि भाडा समायोजनको बिषयलाई वेवास्ता गर्दै आएका थिए । अन्ततः बैठक बसेर सबैको सहमतिमा भाडा समायोजन भएको छ । नाफा घाटाको हिसाव गर्दै केही यातायात व्यवसायीले भने असन्तुष्टी पनि पोखेका छन् ।

हुन त व्यवसायीको पनि आफ्नै पीडा र समस्या होला । आर्थिक मन्दिको चपेटामा उनीहरु पनि होलान् । तर व्यवसायीलाई घाटा हुने गरी भाडा समायोजन पक्कै भएको छैन । सबै पक्षबीच छलफल गरेर आपसी समझदारीमै भाडा समायोजन भएको छ । नाफामात्र भन्दा पनि सेवाको भाव पनि राख्नुपर्छ । लामो समयसम्म भाडा समायोजन नहुदाँ पक्की सडकमा पनि कच्चि सरह भाडा लिदै आएको कुरालाई पनि यातायात व्यवसायीले बिर्सनु हुदैन । ढिलै भएपनि भाडा समायोजन भएको छ । अवका दिनमा सडक स्तरोन्नतीसँगै भाडा समायोजनलाई पनि समानान्तर रुपमा अघि बढाउदै लान सक्नुपर्छ । यसतर्फ पनि अव प्रशासनको ध्यानाकर्षण हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्