
इतिहास संरक्षणसँगै धार्मिक पर्यटन प्रवद्र्धनमा जोड गरौ
गत शनिवार जिल्लामा गोरखनाथ र गोरखा सम्बन्धी ऐतिहासिक गोष्ठी सम्पन्न भयो । संस्कृतविदहरु समेतको उपस्थिती रहेको उक्त कार्यक्रमको उदेश्य इतिहासको जर्गेनासँगै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने थियो । यस्ता कार्यक्रमले इतिहासको जर्गेनामा केही हदसम्म मद्दत पु¥याउला नै तर पर्यटन प्रवद्र्धनका लागी पर्याप्त भने छैनन् । बिशेष रणनीति र योजना बनाउन नसक्ने हो भने जिल्लाको पर्यटन प्रवद्र्धन सपना ‘आकासको फल आखा तरी मर’ भन्ने जस्तै हुन्छ । त्यही रणनीति र योजना बनाउन नसक्दा ऐतिहासिक र धार्मिक महत्व बोकेको जिल्ला गोरखा आफै ओझेलमा परेको छ ।
संघियता कार्यान्वयनसँगै सुनसान बन्दै गएको गोरखा बजारको चहलपहल फिर्ता ल्याउन पर्यटक प्रवद्र्धन गर्नुको बिकल्प देखिदैन । आन्तरिक होस् वा बाह्य सबैखालका पर्यटकको रोजाई गोरखा बनाउन सक्नुपर्छ । पर्यटन प्रवद्र्धनका नाममा भ्यू टावर र पार्क निर्माणमा स्थानीय तहले गरेको फजुल खर्चको औचित्य छैन । भएको ऐतिहासिक र धार्मिक सम्पदाको संरक्षण गर्दै त्यसको प्रवद्र्धन मात्र गर्न सकेपनि धार्मिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ । प्रचार प्रसारको पर्खाइमा जिल्लाका थुप्रै इतिहासहरु गुम्सेर बसेका छन् । राज्य एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले राज्य गरेको गोरखा दरवार र यससँगै जोडिएको इतिहास नै धार्मिक पर्यटन प्रवद्र्धनका लागी काफी छ । मात्र रणनीतिक योजना बनाएर यसको आवश्यक प्रचार प्रसार गर्न सक्नुपर्छ । बर्षको एक पटक शैक्षिक भ्रमणमा आउने बिद्यार्थीको संख्यालाई जोडघटाउ गर्दै हामी पर्यटन प्रवद्र्धनको संज्ञा दिएर मख्ख परिरहेका छौ ।
स्थानीय तहहरुले पनि पर्यटन प्रवद्र्धनका लागी कुनै ठोस रणनीति र योजना बनाउन सकेको देखिएन । आफूखुशी कुनै व्यक्ति बिशेषको नाममा शालिक र पार्क तथा भ्यू टावर निर्माण गर्ने प्रवृति बढेको छ । पर्यटन प्रवद्र्धनका नाममा यसरी फजुल खर्च गरेर राज्यको ढुकुटी रित्याउनु भन्दा पनि भएका ऐतिहासिक र धार्मिक सम्पदाहरुको संरक्षण गर्दै इतिहासको प्रवद्र्धन एवं प्रचार प्रसार गर्न सके मात्र पनि धार्मिक पर्यटकको जिल्लामा बाक्लै उपस्थिती देखिने छ भन्दा फरक नपर्ला ।




