
भ्रष्टाचारका मुद्दा सबैभन्दा धेरै स्थानीय तहका, कुन मन्त्रालयका कति ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९-८० मा सबैभन्दा बढी भ्रष्टाचारका मुद्दा स्थानीय तहका दायर भएको जनाएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा सबैभन्दा बढी भ्रष्टाचारका मुद्दा स्थानीय तहका दायर गरिएको जनाएको हो । अख्तियारका प्रवक्ता भोला दाहालले गत आर्थिक वर्षमा सबैभन्दा बढी संघीय मामिला (स्थानीय तह) सँग सम्बन्धित रहेको बताए ।
उनका अनुसार संघीय मामिला (स्थानीय तह) का ३५.९५ प्रतिशत उजुरी प्राप्त भएको छ । स्थानीय तहपछि शिक्षाका १४.५५ प्रतिशत, भूमि प्रशासनका ६.०९ प्रतिशत, वन तथा वातावरणका ४.१४ प्रतिशत र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित ३.१२ प्रतिशत उजुरी प्राप्त भएका भएका छन् ।








