| सोमवार, कार्तिक २३, २०८३

अवैध यौनकर्म प्रतिवन्धित, निरोधक औषधीचाहिँ खुल्लम खुल्ला ?

अधिनायकवादमा धेरै कुराहरु प्रतिवन्धित हुन्छन् । यसको विपरीत लोकतन्त्रमा स्वतन्त्रतालाई प्रधानता दिइएको हुन्छ ।
भनिन्छ, मान्छे प्राकृतिक रुपमा स्वतन्त्र प्राणी हो । त्यसैले उसले सबै कुरामा स्वतन्त्रता चाहन्छ भन्ने गरिन्छ ।
तर समयको विकास क्रममा मान्छेले समाजलाई सभ्य, शिष्ट, मर्यादित तथा व्यवस्थित बनाउन केही आचार संहिताहरु तय ग¥यो । त्यही क्रममा खुल्ला यौनजन्य व्यवहार प्रतिवन्धित भएको हो ।

मर्यादा कायम गर्न बन्द गरिएका कतिपय व्यवस्थाहरु लोकतान्त्रिक शासन प्रणालीमा खुलाउन माग गरियो । खुलाउँदै पनि गइयो । त्यही क्रममा खुलेको हो, इकोनजस्ता औषधीको कारोबार ।
अवैध यौनकर्म र इकोन सापेक्ष कुरा हुन् ।

नेपालको सन्दर्भमा अ(वैध) यौनकर्म अझै पनि बजारमा खुल्लमखुल्ला हुन थालेको छ्रैन, तर इकोन बजारमा खुल्लमखुल्ला किन्न पाइन्छ । इकोन किन प्रयोग गरिन्छ ? आकस्मिक गर्भ रोक्न ।

मुख्य सवाल यो छ कि, के कुनै श्रीमान श्रीमतीले आफ्नो आकस्मिक गर्भ रोक्न इकोन प्रयोग गरेका छन् ? यसको अभ्यास ९९ प्रतिशत छैन । किनभने आकस्मिक गर्भनिरोधक चक्की महिला स्वास्थ्यका लागि जोखिम छ । यसको प्रयोगले कसैलाई रक्तश्राप हुन्छ, कसैको बच्चा खेरा नगई गर्भ रहन्छ, बच्चा रह्यो भने पनि अपाङ्ग हुन सक्छन्, बाँझोपना हुने गर्छ । नियमित प्रयोग गरे शरीरमा हर्मोनको स्तरमा वृद्घि भई स्टेराइड सम्बन्धी जटिलता देखिनुका साथै हाड खिइने, क्यान्सर तथा मुटु रोगको सम्भावनासमेत बढाउने र शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जाने गर्छ ।

स्वस्थ सम्बन्ध भएका श्रीमान श्रीमतीले यो जोखिम उठाउन चाहँदैनन् । अक्सर इतर श्रीमान श्रीमतीको यौन सम्बन्धपछि यसको प्रयोग हुनेगर्छ ।

अझै दुखद अबस्था बजारमा के छ भने, इकोनका प्रयोगकर्ता २० बर्षमुनिका बालबालिका धेरै छन् । साना उमेरका बालबालिका पनि लाज सरम पचाएर सबैका सामु औषधी पसलमै सो औषधी सेवन गरेर हिँड्छन् । एउटै मान्छे बारम्बार यो औषधी किन्छ । यदि उसले एउटै एकजनालाई नै यो प्रयोग गर्न लगाउँछ भने उसको स्वास्थ्य अबस्था जटिल भएको हुनसक्छ ।
समाजभित्र लुकेका यस्ता कुराहरु छन् । यस्ता गतिविधि हुन निरुत्साहित गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्