| सोमवार, कार्तिक २३, २०८३

नगरपालिकामा तेलको कुपन दुरुपयोग रोकियोस्

स्थानीय सरकार भनेको नेपाली जनताका लागि संघीय गणतन्त्र नेपालको उपाहार हो । संघ, प्रदेश भन्दा पनि स्थानीय सरकार भनेको नागरिकको घरदैलोमा रहेर सेवा दिने सरकार हो ।

सर्वसाधारण नागरिकले नजिकै देख्न सक्ने, छाम्न सक्ने, छुन सक्ने, महशुस गर्न सक्ने सरकार हो । नेपालको राजनीतिक परिवर्तनले के परिवर्तन ल्यायो भनेर अनुभूति गर्न सक्ने सरकार हो । सर्वसाधारका लागि विद्यमान राजनीतिक ब्यबस्थाको सजीव साक्षी हो ।

नागरिकले सबैभन्दा नजिकबाट नियाल्ने हुँदा स्थानीय सरकार सबैभन्दा धेरै प्रतिवद्ध, सबैभन्दा धेरै पारदर्शी, सबैभन्दा धेरै इमान्दार, सबैभन्दा धेरै नैतिकवान हुनुपर्छ । सँधै साथसाथै रहने हुँदा पालिका सरकार सर्वसाधारणको आस्था र विश्वास जित्न सक्ने हुनुपर्छ ।

स्थानीय सरकारले मनमौजी गरेको देखे भने, स्थानीय सरकारले बेथिति गरेको चाल पाए भने, स्थानीय सरकारले पद, शक्ति र सत्ताको दोहन गरेको फेला पारे भने सर्वसाधारणप्रति वर्तमान शासन व्यबस्थाप्रति नै वितृष्ण जाग्छ, राजनीतिक दल, राजनीतिक दलका नेताप्रति नै मन मर्छ । सर्वसाधारण नागरिकले सँधै परीक्षा लिइरहने हुँदा स्थानीय सरकार हरदम सत्मार्गमा हुनुपर्छ ।

पालिका हाँक्नेहरुले पालिकाभित्रको स्रोतको दुरुपयोग गरेको नागरिकले थाहा पाए भने अक्षम्य भूल हुनेछ । भोट दिएर जिताएका जनप्रतिनिधिहरु नागरिकको नजरबाट गिरे भने फेरि जाग्न नसक्ने गरी पछारिन्छन् । हरेक काम गर्दा, हरेक निर्णय गर्दा त्यसैले निकै नै संवेदनशील भएर गर्नुपर्छ ।

गोरखा नगरपालिकाले इन्धनमा गरेको लापार्बाही जनमानसमा पुगिसकेको छ । यसलाई न होइन भनेर ढाकछोप गर्न सकिन्छ, न तर्क, बितर्क गरेर जित्न सकिन्छ । त्यसैले यसरी चुक्नुहुदैन । बरु अबका दिनमा इन्धनको कुपन दुरुपयोग गर्ने क्रियाकलाप बन्द गर्नुको अर्को बिकल्प छैन ।

सरकार मितव्ययी भए भने प्रसंसनीय हुन्छन् । फजुल खर्च नगर्ने, स्रोत र साधनको दुरुपयोग नगर्ने, गर्न नदिने गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्