| मङ्लबार, कार्तिक २४, २०८३

महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

आरुघाटमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी दुइ दिने तालिम सम्पन्न भएको छ । पद्धती विकास सेवा केन्द्रको आयोजनामा गत मंगलबार र बुधबार कार्यक्रम भएको हो ।

कार्यक्रममा आरुघाट गाउँपालिका भित्रका शिक्षकहरुको उपस्थिति रहेको थियो । तालिममा मान्वुको भवानी मावि, थुमीको दलकुमारी मावि, थुमी गण्डकी मावि र अलौचीको अलौची माविका शिक्षकहरुको सहभागीता रहेको थियो ।

विद्यालयमा महिनावारीका कारण हुने भेदभाव तथा विद्यालयमा हुने अमर्यादित महिनावारीको क्षेत्रमा सुधार ल्याई विद्यालय क्षेत्रमा मर्यादित महिनावारी स्वच्छता व्यवस्थापनको वातावरण सिर्जना गर्नका लागी तालिमको दिएको संस्थाका जनस्वास्थ्य अधिकृत प्रिया झाले बताइन् ।

तालिमसँगै उनीहरुलाई विद्यालयमा छुटै आरामदायी कोठा बनाउन संस्थाले केही सामग्री समेत सहयोग गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्