| सोमवार, कार्तिक २३, २०८३

शक्तिशाली बम विस्फोट हुदाँ पाकिस्तानमा २० को मृत्यु, ५० घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लास्थित कट्टरपन्थी राजनितिक तथा मुस्लिम नेताका समर्थकहरूको प्रदर्शनमा शक्तिशाली बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । साथै ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

अफगानिस्तानसँग सीमा जोडिएको बाजुर जिल्लामा आइतबार यस्तो घटना भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जमियत उलेमा इस्लाम(फजल ९जेयूआईएफ० का कार्यकर्ताहरूको र्‍यालीको क्रममा विस्फोट भएको हो । विस्फोटमा मौलाना जमियत उलेमा इस्लाम(फजलका एक प्रभावशाली नेता मौलाना जिउल्लाह जानको मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यम डनन्युजले जनाएको छ ।

विस्फोटमा घाइते भएकाहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ । साथै घटनास्थलमा अहिले प्रहरीले कर्फ्यू लगाउनुका साथै सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रतिक्रिया दिनुहोस्