| सोमवार, कार्तिक २३, २०८३

क्वार्ज क्रिस्टललाई जिल्लाभित्रै राख्न अधिकमत

गोरखाको एक शाही परिवारमा फेला परेको (सम्भावित)क्वार्ज क्रिस्टलको चर्चा अहिले शिखरमै छ । परापूर्व कालदेखि कसैको घरमा रहेको (वैध)सम्पत्तिलाई सुरक्षाका दृष्टिले प्रहरीले नियन्त्रणमा लिनुलाई धेरै अनुचित मान्न सकिन्न तथापि कुनै दाउपेच, प्रपञ्च रची राजधानीतिर पु¥याउनु हुदैन, जिल्लाभित्रै उच्च सुरक्षामा राख्नुपर्छ भन्ने अधिकांशको भनाइ छ ।
कसैले भने यो हल्ला चलेजति महत्वपूर्ण पदार्थ होइन पनि भनेका छन् । रुवी, रेडबेरी, टोपाज भन्दा यो (सम्भावित) क्वार्ज क्रिस्टल कम महत्वपूर्ण छ भन्ने उनीहरुको तर्क छ ।
सो क्वार्ज क्रिस्टल अहिले प्रहरीको सुरक्षामा छ ।

यसलाई विशेषगरी सुरक्षा मजबुदीका साथ गोरखा संग्रहालयमा राख्ने र अरु ग्यालरीमा झैँ यसलाई पनि एउटा ग्यालरी बनाएर राख्नुपर्छ भन्ने सुझाव धेरैबाट प्राप्त भएको छ । त्यसका लागि यसको तथ्यपूर्ण इतिहास खोज्नु अझै उपयुक्त हुन्छ ।
घर परिबारका अनुसार पनि यो नुवाँकोटबाट ल्याइएको हो ।

अहिले पनि नुवाँकोटको देवीघाट, जहाँ पृथ्वीनारायण शाहको अवशान भएको थियो, त्यहाँ पूजा र मेला लाग्ने बेला यसको पनि यहाँ भव्य पूजा हुने गर्छ । त्यसैले यसको इतिहास पत्ता लगाएर संक्षिप्त विवरणसहित संग्रहालयमा राख्दा सुरक्षित पनि हुनेछ, सार्वजनिक सम्पदा पनि बन्नेछ, आयआर्जनमा पनि यसको सहभागिता रहनेछ ।

यो बास्तवममा हो चाहिँ के ? विज्ञले खोज अनुसन्धान नगरी किटान गर्न मिल्दैन । यसको परीक्षण गर्न खानी तथा भूगर्भ विभागमा लैजानुपर्ने अबस्था छ तर यसका ढिलाइ भइरहेको छ । दैनन्दिन गर्नुपर्ने काममा व्यस्त हुँदा प्रहरी, प्रशासनले यसलाई विभागमा पढाउन ढिलाइ गरिरहेको छ ।

अब ढिला नगरी यो के हो ? भन्ने पत्ता लगाएर संग्रहालयमा राखी सर्वसाधारणलाई पनि हेर्ने अबसर दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्