
राजेन गुम्बा परिसरमा बृक्षारोपण
उत्तरी गोरखाको ऐतिहासिक राजेन गुम्बा परिसरमा वृक्षारोपण गरिएको छ ।
चुमनुब्री गाउँपालिका ७ छेकम्पार स्थित चुम उपत्यकामा चुम श्याग्या शताब्दी महोत्सवको बार्षिक कार्यक्रम अन्तरगत साउन ३ गते वृक्षारोपण गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।

एक सय धुपी र ५० वटा सल्लाको बिरुवा रोपिएको उनले जानकारी दिए । उनका अनुसार ऐतिहासिक राजेन गम्वासँगै अन्य ठाउँमा पनि धुपीका बिरुवा रोपिएको छ ।




