| मङ्लबार, कार्तिक २४, २०८३

लायन्स आँखा उपचारकेन्द्रमा २५ जनाको आँखाको शल्यक्रिया

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुदै आएको गोरखा लायन्स आँखा उपचारकेन्द्रमा २५ जनाको आँखाको शल्यक्रिया भएको छ । शल्यक्रिया गर्न सिफारिस भएका २५ जनाको मात्र शल्यक्रिया गरिएको आँखा उपचारकेन्द्रले जनाएको छ । उनीहरुमध्ये १६ जना महिला र ९ नौ जना पुरुष रहेका छन् ।

भीमसेनथापा गाउँपालिका, गोरखा नगरपालिका, सहिदलखन गाउँपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र बारपाकसुलिकोट गाउँपालिकाका स्थानीयहरु रहेका थिए । शल्यक्रिया शिविरमा ५० वर्ष देखि ९० वर्ष उमेर समूहका रहेको उपाचार केन्द्रका प्रशासकीय अधिकृत विश्व प्रकाश अर्यालले बताए ।

हिमालय आँखा अस्पतालबाट आएका आशिष जमरकट्टेलको नेतृत्वमा आएको विशेषज्ञसहितको ५ जनाको टोलीले उनीहरुको आँखाको शल्यक्रिया गरेका हुन् ।

गोरखा लायन्स आँखा सेवाकेन्द्रले सदरमुकामसहित विभिन्न नगर तथा गाउँपालिकाहरुमा कार्यतालिका बनाएर आँखा उपचार सेवा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्