| मङ्लबार, कार्तिक २४, २०८३

गोनपा ६ मा तीनदिने अचार बनाउने तालिम सम्पन्न

गोरखा नगरपालिका वडा नम्वर ६ का महिलाहरुलाई लक्षित गरी संचालन भएको अचार बनाउने तालिम सम्पन्न भएको छ । आइतवार एक कार्यक्रमका बीच तालिमको समापन गरिएको हो ।

अचार बनाउने समितिको आयोजनामा तथा गोरखा नगरपालिका वडा नम्वर ६ को आर्थिक सहयोगमा तालिम संचालन भएको हो । तीन दिनसम्म संचालन भएको तालिममा ४० जनाभन्दा बढिको सहभागिता रहेको थियो ।

समितिकी अध्यक्ष मिनादेवी श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरको प्रमुख अतिथ्यतामा भएको समापन कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष राजेन्द्रकुमार जोशी, गोरखा नगरपालिकाकी निवर्तमान उपप्रमुख बिना कुमारी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

महिलाहरुलाई उद्यमशील बनाउँदै आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम संचालन गरिएको वडाध्यक्ष जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्