| सोमवार, कार्तिक २३, २०८३

च्याम्बरकै मेला, महोत्सवमा सँधै किन किचलो

जबदेखि गोरखा च्याम्बर अफ कमर्शले दशैं सस्तो मेला आयोजना गर्न सुरु ग¥यो तबदेखि विवाद सुरु भयो ।
पहिलो बर्ष रङ्गशालामा खेलकुदबाहेक अन्य गतिविधि गर्न नदिने भन्दै जिल्ला फुटबल संघ(एन्फा)ले किचलो सुरु ग¥यो । खेलकुद विकास समितिको स्वामित्वमा रहेको सो खेलमैदानमा मेला गर्न एन्फाले अबरोध गरेको थियो । मैदान मर्मतसम्भार गर्न च्याम्बरले आर्थिक जोहो गरिदिने बिषयमा मेला हुने दिनको केही दिनअघि मात्र सहमति बन्यो ।

अर्को बर्ष फेरि खेलकुद प्रतियोगिता गर्न तयारी गर्नुपर्ने भन्दै सो खेलमैदान मेला आयोजनाका लागि दिन नसक्ने भन्दै किचलो मच्चियो । त्यसमा सहमति जुटेपछि फेरि फेन्सी व्यवसायीले विज्ञप्तिबाजी गरे । मेला रोक्न भन्दै प्रहरी प्रशासन गुहारे । अन्ततः मेला सञ्चालन भयो ।

अहिले पनि असोजमा दशैं सस्तो मेला गर्ने भनेर च्याम्बरले बैशाखमै निर्णय ग¥यो । मेला स्थलकै बारेमा अहिलै लफडा सुरु भयो । सोही मिति र सोही स्थानमा लोकदोहोरी प्रतिष्ठानले मेला गर्ने भनेर नगरपालिकासंग अनुमति माग गरेको छ ।
अब त्यहाँ कसले मेला गर्ने भन्ने अन्यौल छ ।

एउटा प्रमुख अनुत्तरित प्रश्न यो छ कि, च्याम्बरको हरेक मेलामा बखेडा किन झिकिन्छ ? कि च्याम्बर अफ कमर्श अबैध छ ? कि च्याम्बर अफ कमर्श विवादै विवादले मुछिएको संस्था हो ? कि च्याम्बर उद्योगी, व्यापारीविरुद्धको संस्था हो ? कि च्याम्बर अनागरिकहरुको संस्था हो ?

विभिन्न कारणले उद्योग वाणिज्य संघमा आवद्ध हुन नपाएका, नसकेका तर उद्योगी, व्यापारीहरुको हक र हितका लागि काम गर्न चाहनेहरुले स्थापना गरेको संस्था हो, सिक्दै काम गर्दैछ । सबैको माया, ममताले अगाडिको यात्रा तय हुने हो भने च्याम्बरलाई असजिलोमा पारिरहनु, खेदो खनिरहनु मनासिब हुदैन ।

प्रतिक्रिया दिनुहोस्