| मङ्लबार, कार्तिक २४, २०८३

चाउचाउमा किरा भेटिएको समाचारप्रति यशोदा फड्स प्रालिको ध्यानाकर्षण

करेन्ट चाउचाउमा किरा भेटिएको सम्बन्धि संचार माध्यममा प्रकाशित समाचारप्रति चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्स प्रालि रुपन्देहीले ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीवार जनहितमा जारी सन्देश सार्वजनिक गर्दै प्रालिले म्याद गुज्रिएको चाउचाउको प्रयोगको बिषयलाई लिएर समाचार प्रकाशित भएको प्रति दुख व्यक्त गरेको छ ।

चाउचाउको प्याकेटमा उत्पादन मिति, प्रयोगयोग्य समय, म्याद गुज्रने मिति लगायतका विवरण स्पष्ट लेखिएको हुने भएकाले आवश्यक विवरण हेरेर मात्र खरिद गर्न प्रालिले उपभोक्तालाई आग्रह समेत गरेको छ ।

बिक्रेतालाई पनि सो कुरामा ध्यान दिन प्रालिले सुझाएको छ । म्याद गुज्रिएको सामान बेचबिखन गरेको पाइएमा सम्बन्धित निकायमा खवर गरिदिन समेत प्रालिले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्