| सोमवार, कार्तिक २३, २०८३

श्यामचेतबासीको आशिष लाग्नेछ

पहिरोको लखेटाइबाट बिगत तीनबर्षदेखि श्यामचेतका बासिन्दा हायलकायल थिए । गाउँभन्दा धेरै माथिबाट झर्ने पहिरोले बर्षेनी घर बगाएर त्यहाँका बासिन्दा ज्यादै त्रसित थिए । लगातार तीनबर्षदेखि पहिरो आउँदा त्यहाँका बासिन्दा घर छाडेर आफन्त तथा छरछिमेकको आश्रयमा जाने गरेका छन् ।

त्यो पीडाबारे जानकारी पाएपछि स्वाँरा सघन गाउँविकास केन्द्रले त्यहाँका पिडित बासिन्दालाई आवास निर्माण गरेर पुनस्थापित गराउने पहल ग¥यो । उसको होस्टेमा भूकम्पका बेलादेखि गोरखामा कार्यरत सिआरएस नामक अन्तर्राष्ट्रिय स्तरको संस्थाले हैँसे ग¥यो ।

श्यामचेत रहेको आरुघाट गाउँपालिकाले पनि उनीहरुको काँधमा काँध मिलायो । स्थानीयबासी स्वयंले पनि आर्थिक, भौतिक, नैतिक सबै किसिमले साथ र सहयोग गरे । अन्ततः त्यहाँका घरबासबिहिन २८ घर परिबारका लागि सुविधासम्पन्न घर बन्यो । सोमबार घरबास गुमाएका २८ परिबारलाई एक समारोहका बीच हस्तान्तरण पनि गरियो ।

भूकम्पले भत्किएका घर नेपाल सरकारको सहयोगमा पुनर्निर्माण भए । त्यतिबेला पनि सामाजिक संघसंस्थाको सहयोग रहेको थियो । त्यसपछि बाढी, पहिरोले हरेक बर्ष बगेका घरहरु पनि जिल्ला विपद व्यवस्थापन समितिको सिफारिसमा सरकारले पुनर्निर्माणका लागि केही प्रतिशत खर्च दिने गरेको छ । तर सामाजिक संघसंस्थाको अगुवाइमा यहाँको बस्ती बन्नु धेरै प्रसंसनीय छ ।

सिआरएस र स्वाँरा सघन गाउँविकास केन्द्रले गरेको यो सहयोगले लाभग्राही परिबारलाई मात्र सहयोग भएको छैन, राज्यलाई पनि सहयोग भएको छ । विपद्मा घरबास गुमाएका सर्वसाधारण नागरिकको आवास निर्माण गरिदिने सरकारको दायित्व हो । सरकारको दायित्वमा सहयोग गरेकाले ती सामाजिक संघसंस्था धन्यवादका पात्र पनि छन् ।

गाउँभन्दा माथिबाट झरेको पहिरो नियन्त्रण गर्न नसकेर त्यहाँका बस्ती उठ्ने अबस्थामा छ । २८ घर मात्र होइन, त्यो पहिरो नियन्त्रण नभए हरेक बर्षको झरीमा अन्य घर पनि बगेर जाने अबस्था छ । त्यसैले सो पहिरो दीर्घकालीन नियन्त्रणका लागि सरकारले ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्