| सोमवार, कार्तिक २३, २०८३

नयाँ वर्षको शुभकामना !

आजबाट विसं २०८० साल, नेपाली पात्रो अथवा विक्रम सम्वत अनुसार नयाँवर्ष २०८० सुरु भएको छ । नेपालीहरुले नयाँ वर्षलाई विषेश दिनको रुपमा मनाउने गर्छन् । बिगतका वर्ष भन्दा आउँदो वर्षलाई आफ्नो जीवनमा कसरी राम्रो बनाउने भन्ने सोच धेरैले राखेको पाईन्छ । राखिएको सोच पूरा गर्न कर्म गरिएन भने पात्रोको पाना फेरेर मात्रै नयाँबर्ष बित्न सक्छ ।

२०८० को वैशाख १ दरौँदी पत्रिकाका लागि पनि यस अर्थमा विशेष दिन हो कि, २०५५ साल वैशाख १ गतेबाट प्रकाशन आरम्भ भएको यस पत्रिकाले २५ बर्ष पूरा गरेको छ । यसअर्थमा यस पत्रिका परिबार पनि गौरवान्वित छौँ ।

वर्ष २०७९ नेपालका लागि खास रहेन । स्थानीय, प्रदेश र संघका निर्वाचन भएपनि देशमा आर्थिक, सामाजिक, भौतिक बिकासको गति सुस्त रह्यो । स्थानीय, प्रदेश र संघ सरकारले लय लिन सकेन । बढ्दो आर्थिक संकट, बैदेशिक रोजगारीमा जानेहरुको लर्को, दैनिक जनजीविकाको लागि समस्या भोग्नुपर्ने बाध्यता बढ्दो छ ।

गोरखाकालागि पनि २०७९ कुनै उल्लासमय रहेन । यो वर्ष स्मरण गर्न लायक नमुना काम कुनै पुरा भएन । केही बिकासका योजनाको सिलान्यास भएपनि त्यो पुरा नहुँदा सम्म उपलब्धी मान्न सकिन्न । गोरखाबाट निर्वाचित जनप्रतिनिधि प्रधानमन्त्री, गोरखाका नेता गृहमन्त्री भने भए । सरकारको नेतृत्व गोरखाले गरिरहँदा देखिने गरी परिर्वतन देशभरसँगै गोरखामा हुनुपथ्र्यो, हुनुपर्छ ।

नयाँ वर्ष मनाउने तौर तरिका फरक फरक हुन्छन् । कोही साथीभाई, परिवारसँग घुमफिर गर्ने, भेटघाट गर्ने, धार्मिक स्थल घुम्ने गरेर मनाउँछन् । केहीले भने बिगत वर्षमा भएका नराम्रा काम नयाँ वर्षमा नदोहो¥याउने प्रण गर्छन । कतिपयले आफ्नो गलत बानी ब्यवाहार परिर्वतन गर्ने अठोट राख्छन् । नयाँ वर्षको दिन योजना बनाउनु, उद्देश्य राख्नु राम्रो हो । तर हामी आफैँले राखेको उद्देश्य पूरा गर्न दत्तचित्त भएर लाग्नुपर्छ । नयाँ वर्ष यहाँहरु सबैको खास बनोस् । शुभकामना ।

प्रतिक्रिया दिनुहोस्