| सोमवार, कार्तिक २३, २०८३

पानीमा स्वार्थ !

गोरखा सदरमुकाममा सहजै पिउने पानीको आपूर्ती गर्ने योजना र खर्च भएको बजेट अनुसार सर्वसाधारणले पानी पाएका छैनन् । वर्षातका बेला धमिलो र हिउँदमा पानी नै नपाउने समस्या अहिलेपनि उस्तै छ । पानी बितरणगर्दै आएका संघ संस्था, आयोजनाहरु, समितिका पदाधिकारीबिचको बेमेलका कारण गोरखामा पानीको सहज आपूर्ती हुन सकेको छैन ।
संस्थाबिचको आरोप प्रत्यारोप, एकअर्काबिच बिवाद, एउटाले गरेको निर्णय अर्कोसंस्थाले नमान्ने जस्ता कारणले गोरखा बजारमा पानी बितरण राम्रो हुन नसकेको हो ।

लामो समयदेखि गोरखामा पानी बितरण गर्दै आएको पृथ्वीनारायण सानासहरी खानेपानी उपभोक्ता समितिले अहिले १३ सय भन्दाबढि घरधुरीमा पानी बितरण गर्छ । तर पानी अनियमित हुने, धमिलो आउने गुनासो उपभोक्ताले सँधै गरिरहन्छन् । अहिले सरकारले साना सहरी सहित अन्य उपभोक्ता समितिलाई पानी दिने गरी दरौँदी लिफ्टीङ खानेपानी आयोजना निर्माण गरेको छ । योजना अनुसार दरौँदीको पानी अन्य योजनाहरुले खरिद गरेनन् । आयोजना निर्माण हुनु अघिको शर्त पालना नहुँदा उपभोक्ताले टंकीमा भएको पानी धारामा पाएका छैनन् ।

दोष एउटा पक्षको मात्र छैन । नयाँ निर्माण भएको आयोजनासँग पनि उपभोक्ता समितिका गुनासा छन् । यी सबै समस्याको समाधान गर्ने स्थानीय सरकारको ‘एक्सन’ सुस्त गतीमा छ । उपभोक्ता समितिबिच जुँगाको लडाँई चलिरहँदा खानेपानी बोर्ड गठन गर्ने निर्णय कार्यन्वयनमा आउन सकेको छैन । बोर्ड गठन गरेर मूल्यमा एकरुपता कायम गर्ने, दरौँदी लिफ्टीङको पानी सबै उपभोक्ता संस्थाको टंकी हुँदै ग्राहकको घरघरमा पु¥याउने योजना छिटो लागु गर्नुपर्छ ।

उपभोक्ताले पानी नआएमा गुनासो गर्ने, सफा, सुद्ध पानीकालागि दबाव दिनुपर्छ । न कि पानी प्रयोग गरेर महशुस नतिर्ने गरियो भने सही ढंगले संस्था कहाँबाट चल्छ ? संस्थालेपनि पैसा असुल्न मात्र होईन सेवा प्राथमिकतामा छ भन्ने कुरा ब्यवाहारमा देखाउनुपर्छ । गोरखा बजारमा पानीमा देखिएको स्वार्थले जो कोहीलाई लज्जा महशसु गराईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्