| सोमवार, कार्तिक २३, २०८३

जनचेतना बढेपनि डँढेलो लगाउने दर भने घटेन

युवाविहिन हुदै गएपछि गाउँका धेरै खेतबारी बाँझिएका छन् । आयात बढेको छ, निर्यात घटेको छ । आबादी घटेर जंगल बढेपछि गाउँमा बाँदर आतंक छ ।

खेतीपाती गर्ने जनशक्ति छैन । अर्थात समग्रमा जनसंख्या वृद्धिदर घटिरहे पनि वन डँडेलो लगाउने दर भने घटेको छैन ।
गोरखामा एक लाख ३२ हजार हेक्टरभन्दाबढि बन क्षेत्र छ । यो मध्ये ३८ हजार पाँचसय मनास्लु संरक्षण क्षेत्र आयोजनामा पर्छ । त्यस बाहेकका जंगल डिभिजन बन कार्यालय मातहत छ । सामुदायिक बनहरुमा धेरै डढेलोे लाग्ने गरेको छ । गत वर्षको तुलनामा अनुमान गर्ने हो भने ५० भन्दाबढि ठाउँमा ठुलो डढेलोे लागेर बनक्षेत्र सखाप हुने गरेको कार्यालयले जनाएको छ । डढेलोेबाट हुर्कदैँ गरेका ९८ प्रतिशत बिरुवा नष्ट हुन्छन् ।

९६ प्रतिशत डढेलोे मान्छेले लगाउँछ, यो मध्येपनि ६४ प्रतिशत जानीजानी लगाउँछन् । डँढेलोे लगाउन हुँदैन भन्ने सचेतना जगाउनु पहिलो आवश्यकता छ । डँढेलोे लगाउनेको प्रमाण सहितको पहिचान नहुँदा कारवाही गर्न समस्या हुने गरेको छ । डँढेलो लागिरहेको हुन्छ, तर कसले डढेलोे लगायो भन्ने यकिन गर्न समस्या छ । पहिचान भएको खण्डमा तीन वर्ष कैद, ६० हजार जरिवाना र जलेर नष्ट भएका रुखको बिगो पनि तिर्नुपर्ने व्यवस्था छ ।

डँढेलोे लगाउनेको पहिचान गर्न समुदायका मानिस सक्रिय हुनुपर्ने उनले बताए । बन ऐन २०७६ ले डढेलोे लगाउनेलाई कारवाहीको ब्यवस्था गरेको छ । तर गोरखाका बनमा डढेलोे छपक्कै हुँदापनि कारवाही कसैलाई भएको छैन ।
गाउँटोलमा सामुदायिक वन उपभोक्ता समिति पनि हुन्छन् । समितिले चासो दिएर खोजी गरे भने डँढेलो लगाउने व्यक्ति पहिचान गर्न त सक्छन् तर समितिले पनि उपभोग गर्न बढि र संरक्षण गर्न कम चासो राखिरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्