
सुन्य दुव्र्यशनी अभियान अनुकरणीय
दुब्र्यशन कहिल्यै कहिँपनि राम्रो होईन । लागु औषध, लागुपदार्थको दुब्र्यशनमा फँसिसकेको ब्यक्तिलाई त्यो दलदलबाट मुक्त हुन निकै असहज हुन्छ । दुब्र्यशनी भएकामध्ये थोरैले मात्र बानी ब्यवाहार परिर्वतन गर्न सकेको पाईन्छ । दुब्र्यशनबाट बच्ने एउटै र महत्वपूर्ण उपाए भनेको लागुऔषध, लागुपदार्थबाट टाढा रहने हो । यसको प्रयोग नै नगर्ने हो ।
लागुऔषध प्रयोगकर्ता अधिकांश किशोर र युवा उमेरका ब्यक्ति भेटिन्छन् । कारण, यो समयमा उनीहरु मानसिक रुपमा परिपक्क भइसकेका हुँदैनन् । अरुको देखासिकी गर्ने बानी, गलत संगत, पारिवारिक कलह, तनाब कम हुने गलत सोच लगायत कारण मानिसहरु लागुऔषधको दलदलमा फस्छन् ।
किशोरअवस्थादेखि नै लागुऔषध, लागुपदार्थको दुब्र्यशनीबाट मुक्त गराउन गोरखाको गण्डकी गाउँपालिकाले विद्यालयमा सुन्य दुब्र्यशनी कार्यक्रम संचालन गरेको छ । माध्यामिक तहमा पढ्ने विद्यार्थीलाई लागुऔषध के हो ? यसले कस्तो असर गर्छ ? ब्यक्तिगत, सामाजिक जीवनमा कस्तो असर पु¥याउँछ ।
दुव्र्यशनीका कारण के कस्तो असर गर्छ भन्ने बारेमा अभियानका क्रममा सिकाइएको छ । लागुऔषध र लागुपदार्थको प्रयोग गर्दा कानुनी कारवाही के हुन्छ भन्ने बारेमा पनि उनीहरुलाई जानकारी गराइएको छ ।
विद्यार्थीलाई यी विषयमा जानकारी गराउँदा उनीहरु आफु मात्र नभई परिवारका सदस्य, अविभावक, समुदायका मानिसहरुलाई पनि सचेत गराउन मद्दत पुग्नसक्छ । विद्यार्थीले कतिपय बेला थाहा नभए, कानुनी कुरा नजाने वा लागुऔषध, लागुपदार्थ प्रयोग गरेको देखेमा कसलाई खबर गर्ने भन्ने नबुझेर पनि बेवास्ता गरेका हुन सक्छन् । विद्यालयमा हुने यस्ता कार्यक्रमकाले उनीहरुलाई यी सबै विषयमा जानकारी मिलेको छ ।
धुम्रपान, मध्यपानको बिक्री बितरण विद्यालय हातामा नगर्न नगराउनपनि विद्यार्थीले भूमिका खेल्न सक्छन् । उनीहरु यो अभियानमा लागे भने शिक्षकहरु, अविभाबक र समुदायका मानिसपनि बाध्य भएर लाग्नुपर्ने हुन्छ । विद्यार्थी आफैँ पनि सचेत हुने हुँदा किशोरावस्था पारगर्दै गर्दा उनीहरु पनि दुब्र्यशनी हुनबाट जोगिन सक्छन् ।
विद्यालय तहमा यस्ता ब्यवाहारिक शिक्षा जीवनोपयोगी बन्न सक्छ । त्यसैले यस्तो अभियान अन्यत्र पनि अनुकरण गर्नु उचित हुन्छ ।




