
होलीको शुभकामना
परापूर्वकाल देखि नै होली अर्थात फागु पूर्णिमा पर्व बसन्त ऋतुको आरम्भमा मनाइदै आएको पर्व हो । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो पर्व विशेषगरी भारत वर्षका राज्यहरु हुदै आजको दिनमा विश्वका विभिन्न मुलुकमा फरक–फरक शैलीले मनाउदै आएको पाइन्छ । होली पर्वलाई रंगहरुको पर्वको रुपमा पनि लिइने गरिएको छ ।
असत्यमाथि सत्यको सधै जीत भएको खुशीयालीमा होली पर्व मनाउन थालिएको हो । तर खुशीयाली मनाइरहँदा रङमा रहेको रसायनले हाम्रो शरीरलाई क्षति पु¥याइरहेको हुन्छ भन्नेकुरा पनि भुल्नु हुदैन ।
बजारमा पाइने रसायनयुक्त रंगले छालामा नराम्रो असर गर्छ । जसले गर्दा छाला पोल्ने, रातो हुने, एलर्र्जी हुने, इन्फेक्सन हुनका साथै यस्ता रंगले छालालाई सुक्खा र रुखो बनाइदिन्छ । केही उपाय अपनाएर छालालाई हानि हुनबाट बचाउन सकिन्छ ।
कालो रंगमा लिड अक्साइड, हरियोमा निलो तुथो कपर सल्फेट, सिल्भर रंगमा आल्मुनियम ब्रोमाइड, निलोमा कोबाल्ट जिंक, रातो रंगमा पारो तथा अब्रकको धुलो मिसाइएको हुन्छ । यी तत्वले हाम्रो छालामा सामान्य एलर्जीदेखि क्यान्सरसम्म हुने खतरा हुन्छ । कालो रंगले किड्नीमा असर गर्छ । हरियो रंगले आँखाको एलर्र्जी, अनुहार सुन्निने र अस्थायी अन्धोपन ल्याउने खतरा हुन्छ । सिल्भर कलरले छालाको क्यान्सरको जोखिम हुन्छ । निलो रंगले एलर्र्जी र रातोले छालाको क्यान्सरको जोखिम छ ।
त्यसैले होलीलाई रमाइलोकै रुपमा अथवा भावी दिनमा समेत यसको दुस्प्रभावबाट बच्ने गरी मनाउनुपर्छ । असीमित रङको प्रयोग नगरौँ । सभ्य र शिष्ट तबरले होली मनाउनु पर्छ । होली खेल्न नचाहनेलाई जबर्जस्ती सहभागी गराउनु दण्डनीय हुन्छ । त्यसमाथि पानी, लोला तथा अन्य गैररंगको प्रयोग नगरौँ । आफू पनि सुरक्षित रहौँ, अरुलाई पनि सुरक्षित हुन दिउँ, सभ्य, भव्य होलीको शुभकामना ।




